काठमाडौँ- नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने योजना बनाएको छ ।
खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका विभागीय प्रमुख शंकर सापकोटाले जानकारी दिनुभयो ।
भारतीय दूतावासको सहयोगमा छुट्टै भवन निर्माण सम्पन्न भइसकेको छ भने दूतावासले सो भवन दुई महिनाअघि संस्थानलाई हस्तान्तरण गरिसकेको छ । सो भवन रु पाँच करोडको लागतमा निर्माण गरिएको हो ।
हालसम्म खाद्यान्नको गुणस्तर परीक्षण गर्ने काम खाद्य प्रविधि तथा गुणनियन्त्रण विभाग एक्लैले गर्दै आएको छ । खाद्य संस्थानमा बन्ने उक्त खाद्य प्रयोगशालाले सरकारबाट अख्तियारी प्राप्त भएमा माछा, मासु, पाउरोटी र अन्य खाद्य सामग्री परीक्षण गर्ने तथा सार्वजनिक सरोकारका विषय हेर्ने योजना बनाइरहेको सापकोटाले बताउनुभयो ।
मेसिन, जनशक्ति तथा प्रविधिको व्यवस्थापन कार्य बाँकी नै रहेको छ र उक्त व्यवस्था यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । आपूर्ति मन्त्रालयको नीति र निर्देशनअनुसार प्रयोगशालाको व्यवस्थापन तथा कार्यसम्पादन हुनेछ ।
संस्थानले यसवर्ष दुई लाख ७६ हजार क्विन्टल चामल खरिद गर्ने लक्ष्य लिएको छ । हालसम्म ७० हजार क्विन्टल चामल खरिद गरिसकेको कार्यालयले जनाएको छ । यसवर्ष जापानबाट ५१ हजार क्विन्टल चामल प्राप्त हुने र दुर्गम तथा अत्यावश्यक स्थानमा पठाउने योजना संस्थानले गरिरहेको सापकोटाको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस