म्याग्दी-म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार साँझ भएको जीप दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।
सदरमुकाम बेनीबजारबाट भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्बरको जीप दुर्घटना हुँदा भकिम्लीका ५५ वर्षीय रत्नबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये १२ जनालाई थप उपचारका लागि पोखरा लगिएको छ । सामान्य घाइते भएका बेनी नगरपालीका ३ की ३८ वर्षीय भूमिगत खातीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएका चालक बेनी नगरपालिका– ३ का यामबहादुर श्रीस मगर, बेनपा–३ वर्ष २५ का विशाल शाक्य, उनकी श्रीमती वर्ष २२ की शान्ता शाक्य र छोरी वर्ष ३ की साइदा शाक्य, बेनपा ३ वर्ष २० का इन्द्रबहादुर विक ,बेनपा ३ वर्ष ४० की ज्ञानकुमारी श्रीस मगर, मंगला गाउँपालिका-८ का विक्रम सुनार, मंगला ३ बुद्धिसरा सुनार, बागलुङ नगरपालिका-३ वर्ष २१ की मञ्जु खत्री, बेनपा ३ वर्ष ७१ डम्मरबहादुर छन्त्याल, बेनपा ३ वर्ष ४५ का आइतराम विक, बेनपा ३ वर्ष ४५ की रुपा घर्ती मगरलाई पोखरा मनिपाल अस्पताल रिफर गरिएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।
बुधबार सदरमुकाम बेनी देखी भकिम्लिीतर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्बरकाे जिप हल्लेगौडास्थित बारल्ना घुम्तीमा ब्रेकफेल भएर दुर्घटना भएको हो ।
जिप सडकदेखि करिब ७० मिटर तल खसेको थियो । अप्ठेरो घुम्ती र क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस