काठमाडौँ-नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युस्टि पार्टी (नेकपा) ले तयार गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसप्रति बनाएको दृष्टिकोण प्रति आपत्ति जनाएको छ।
कांग्रेसले पत्रकार सम्मेलन गरि नेकपाको राजनीति प्रतिवेदनमा राखिएको दृष्टिकोण प्रति दृष्टिदोष भएको जनाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले भने,‘दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ । दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्छ दृष्टिदोष माथि केवल दया मात्र । म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु।’ दृष्टिदोषको उपचार मानसिकता परिवर्तन पछि मात्रै उनले उनले बताए। सार्वजनिकको क्रममा रहेको नेकपाको राजनीतिक प्रतिवेदनमा कांग्रेस पूँजिपति वर्गको पार्टी भएको ठहर गरिएको छ। दलाल, नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व कांग्रेसले गर्ने उल्लेख गरिएको छ।
आधिकारिक ट्रेड यूनियन बाहेक अन्य यूनियन वा निजामति कर्मचारीले अधिकारका प्रस्तुत गर्न नवाउने गरि विधेयक ल्याइएको भन्दै आपत्ति जनाइएको । शर्माले भने,‘आफ्ना हकहितका लागि माग समेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकार विपरित छ ।’
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका उक्त विधेयक छलफलका क्रममा छ। ‘निजामति सेवाको गठन, संचालन र संवादका शर्त’ सम्बन्धी विधेयकको दफा १२० को उपदफा ६ को व्यवस्था प्रति कांग्रेसले आपत्ति जनाएको हो।
व्यवस्थित र व्यवहारिक बनाउने विषयमा छलफल गर्न सकिने उल्लेख गर्दै शर्माले भने,‘तिनलाई घुमाउरो ढंगले प्रतिवन्धित नै गर्ने नियतसंग सम्झौता गर्न सकिन्न।’
सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा हुनुले अरुका लागि उपदेशको नैतिकता देखाउनु अर्थ नहुने शर्माले बताए। सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित निति नियमको पालनामा स्वयं सत्तारुढ नगरेको प्रति उनले आपत्ति जनाए। उनले भन,‘ हामी आशा गर्छौ यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ।’
काश्मिर सन्दर्भमा नेपाली कांग्रेसको कुनै स्पष्ट दृष्टिकोण उनले देखाएनन्। भारतको आन्तरिक मामिला भएको जनाउँदै उनले भने,‘सरकारले तय गरेको विदेश नीतिलाई सबै दलले बोक्नुपर्छ। साझा धारणा बनाउन सरकारकै पहल हुनुपर्छ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस