भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी एक महिना भित्रमा काठमाडौँ र भक्तपुर जोड्ने त्रिपुरा संगमको वेलिव्रिज सञ्चालनमा ल्याई कोटेश्वरदेखी जडिवुटीको सवारी जामलाई न्युनिकरण हुने बताएका छन् ।
मध्यपुर थिमी नगरपालिका वडा नं. १ स्थित नेपाल प्रहरी मध्यपुर थिमी वृत्त, मनोरम समाजले आज संयुक्त रुपमा आयोजना गरेको सामुदायीक प्रहरी साझोदारी कार्यक्रम अन्तरगत शान्ति सुरक्षा, विकास निर्माण र डेंगु रोग नियन्त्रण सम्बन्धमा जनचेतनामूलक कार्यक्रममा बोल्दै सांसद बस्नेतले त्रिपुरा संगमको बेलिव्रिज सञ्चालन भएसँगै आम उपत्यकावासीले सवारी जामले लामो समय वर्वाद गर्नुपर्ने दिनको अन्तय हुने बताएका हुन् |
भक्तपुरमा निर्माणाधिन हनुमन्ते नदीको कोरिडोर भक्तपुरवासीको जीवनसँग जोडिएको बताउँदै सांसद बस्नेतले भक्तपुरको विकास कसैले चाहेर नरोकिने बताए ।
हरेक समस्या समाधान लिएर आएको हुने बताउँदै उहाँल हनुमन्ते नदीमा निर्माणाधिन कोरिडोरको समस्या पनि समाधान हुने विश्वास दिलाए |
भक्तपुमा खानेपानी, ढल, सडकलगायतका कुनै पनि समस्या भक्तपुरमा धेरै समय रहन नसक्ने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले भक्तपुरका जनताको विकास प्रति हेर्ने दृष्टिकोण परिवर्तन हुने उनको भनाइ थियो । उनले भने ‘जनतामा विकास नाप्ने चेतनाको परिवर्तित समय अनुसार भएको छ । भक्तपुरमा विकास निर्माणको साथमा विभिन्न प्रकारका सरसफाई, ग्रीनरी, विकृति तथा विसंगतीको विरुद्धमा एक ढिक्का भई अघि बढेको छ । हिजो ढल, सडक चाहियो भन्नेले अहिले पार्क, वातावरण सुन्दर हुनुपर्यो, ग्रीनरीलगायतका कुराहरुको माग हुन थालेको छ ।’
भक्तपुरमा अरनिको हाइवेलाई ग्रीनरी, जाममुक्त, स्तरउन्नती लगायतका कार्यहरु भइरहेको बताउँदै उनले अरनिको हाइवे भक्तपुरका जनताको जीवनसँग जोडिएको भएकाले जनताको विकास प्रतिको चाहनामा कोही कसैले कुठाराधात गर्न नसक्ने उद्घोष समेत गर्नुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस