काठमाडाैं-जुवा खेलेको आरोपमा कात्तिक ९ गते महाराजगन्जस्थित एक घरबाट समातिएका ‘जुवाडे’ मा स्वास्थ्य समस्या देखिएपछि उनीहरुमाथि कारबाही अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ। तिहारको बेला महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले २५ जनालाई एउटै घरबाट पक्राउ गरेको थियो।
उनीहरु बिरामी परेपछि प्रहरीले अस्पताल लैजाने र ल्याउने गरेको छ। केही बिरामीको अवस्था गम्भीर देखिएकाले अस्पतालमा भर्ना गरिएको छ।
अस्पतालमा भर्ना भएकाले कारबाही छल्न खोजेको चर्चा चलेपछि प्रहरीले त्यसतर्फ चासो दिएको छ। उनीहरुमाथि अनुसन्धानका लागि वृत्तले आइतबारै जिल्ला अदालत काठमाडौंबाट थप दुई दिनको म्याद पाएको छ।
दसैं तिहारका बेला प्रहरीले जुवा खेलिरहेका ६ सयजनालाई पक्राउ गरेको थियो। उनीहरुबाट ३ करोड ३० लाख १२ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले सामान्य जुवाडेलाई कारबाही गरेर छाडिसकेको छ। मोटो रकमसहित पक्राउ परेका केहीले कारबाही छल्न स्वास्थ्य समस्या देखाउने गरेको प्रहरीले बताउँदै आएको छ।
मोटो रकमसहित पक्राउ परेका २५ जनामध्ये केही सातायता ह्याम्स हस्पिटलमा उपचाररत छन्।
मोटो रकमसहित पक्राउ परेका इन्द्रबहादुर श्रेष्ठ, पवित्रकुमार कार्की, बलराम सापकोटा (बले), सोहेल कार्की, पवनकुमार गुप्ता, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल, शम्भुकुमार बुढाथोकी, रञ्जन राजवंशी र मुकुन्द बस्नेतको स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल भर्ना गरिएको छ। हस्पिटलमा उपचारत केहीले कारबाही छल्न त्यसो गरेको शंका भएपछि प्रहरीले अस्पतालसँग पनि सोधपुछ गरेको छ। ‘केहीले कारबाही छल्न त्यसो गरेको भेटियो भने निको भएपछि कारबाही गर्छौं,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का एसएसपी श्याम ज्ञवालीले भने।
उनले केही दिन अस्पतालमा बसे पनि निको भएपछि तोकिएबमोजिम थुनामा राखिने बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस