रसुवागढी-वियन लुओङ भियतनामबाट नौ दिनअघि नेपाल घुम्न आएकी हुन् । उनको नेपाल बसाई अझै एक साता बाँकी छ । स्नातक तहमा अध्यनरत लुओङ तीन साथीसँगै काठमाडौँ घुम्न आएकी हुन् । काठमाडौँ उपत्यका दुई दिनमै घुमी भ्याएकी लुओङ टोलीको ध्यान एक्कासी रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जतर्फ मोडियो ।
‘नेपाल घुम्नैपर्ने देश रहेछ’ , नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा रसुवागढी नाकामा भेटिएकी लुओङले भनिन ‘खासमा हामी काठमाडौँ र सगरमाथा क्षेत्र घुम्न आएका थियौँ, यहाँ आएपछि लाङटाङ क्षेत्रबारे थाहा पायौँ ।’ लाङटाङपछि मात्रै उनले रसुवागढी नाकासम्म पुग्ने योजना बनाएकी हुन् ।
उनको कलेजको बिदाको समय छोटो छ । सगरमाथा क्षेत्र घुम्न समय बढी लाग्ने भएपछि उनीहरु लाङटाङ आएका हुन् । ‘सगरमाथाको अवलोकन गर्न अर्को पटक आउँछौँ’, लुओङकी साथी फाम थी माईले भनिन , ‘यहाँ घुम्नलायक अरु धेरै ठाउँ रहेछन् ।’
भियतनाम फर्केपछि अरु साथीलाई पनि नेपाल घुम्न आग्रह गर्ने माईले बताइन । लुओङ र माईलाई यहाँ आवतजावत गर्ने बाटोघाटोको अवस्था देख्दा औधी चित्त दुःखेको छ । उनिहरुले भने , ‘ठाउँ मनमोहक छ, बाटोघाटो हेर्दा दिक्क लाग्यो । काठमाडौँबाट रसुवा नजिकै भए पनि सडकको अवस्था भने दयनीय छ ।’ ‘धेरै ठाउँमा हिलोमा हिँड्नुप¥यो’, काठमाडौँ फर्किन लागेकी लुओङले भनिन , ‘बाटोमै धेरै समय खर्चिनुपर्ने अवस्था छ’, भियतनाम र नेपालको भूगोल मिल्दोजुल्दो भएकाले नेपाल घुम्न भियतनामी नागरिकलाई खासै समस्या नहुने उनको भनाइ छ । भियतनामीलाई हिमाल र वन्यजन्तुले आकर्षित गर्नसक्ने लुओङ र माईको बुझाइ छ ।
नेपाल भ्रमण वर्ष २०२० आजदेखि शुरु हुँदैछ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये रसुवा पनि एउटा हो । लाङटाङ राष्ट्रिय निकुञ्जसँगै यहाँ गोसाइँकुण्ड, गणेश हिमाल, पार्वतीकुण्ड, बेत्रावतीको उत्तरगयाधाम, ठूलो गाउँको भुमेस्थान, कालिकास्थान, जीवजीवेको नीलकण्ठ महादेवस्थान, मानेश्वारा, लारच्याङ्टार, सरमथलीको निर्कुभुमे पर्यटकीय गन्तव्य रहेका छन् ।
यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खाने, बस्ने व्यवस्था गर्नसके पर्यटनका क्षेत्रमा ठूलो फड्को मार्न सकिने गोसाइँकुण्ड गाउँपालिका– १ थुमनका पर्यटन व्यवसायी फुर्पु ग्याञ्जो तामाङले बताईन ।
रसुवाको प्रवेशद्वार बेत्रावतीदेखि सडक फराकिलो पार्ने काम धमाधम हुँदैछ । कालोपत्र नहुँदा पर्यटकले यात्रा गर्दा सास्ती खेप्नुपरेको पर्यटन व्यवसायी तामाङले बताउछन । कालिकास्थान, धुञ्चे, भार्खु, ठूलोस्याँफ्रु, चन्दनबारी, लौरीविनायक, गोसाइँकुण्ड, स्याफ्रुबेँसी, खाम्जिङ, लामाहोटल, थाङसाप, लाङटाङ, मुण्डुलगायत क्षेत्रमा पदमार्ग भए पनि अवस्था त्यति राम्रो नभएको उनको भनाइ छ ।
भ्रमण वर्ष २०२० का लागि स्थानीय पर्यटन व्यवसायीले आफ्नै ढङ्गले तयारी गरेका छन् । ‘सरकारले घोषणा गरेको कार्यक्रमलाई हामीले सघाउनुपर्छ’, व्यवसायी तामाङले भने , ‘सरकारले हाम्रै हितका लागि ल्याएको कार्यक्रम भएकाले हामी व्यक्तिगतरुपमा सक्दो लगानी गर्न तयार छौँ ।’
भ्रमणमा आउने पर्यटकलाई सकभर फापर, मकै र कोदोको परिकार बनाएर खुवाउने योजनामा यहाँका पर्यटन व्यवसायी छन् । ‘सकभर हाम्रै गाउँको उत्पादनको स्वाद चखाउने प्रयास गछौँ’, तामाङले भने ।
लाङटाङ, गोसाँइकुण्ड, बृद्धिम, टिमुरे, थुमन, नाकथली, तातोपानी, थाम्बुचेतलगायत स्थानमा तीन सयको हाराहारीमा होटल तथा लज सञ्चालनमा रहेको पर्यटन व्यवसायी तामाङले उल्लेख गरे । रसुवाको प्रवेशद्वार बेत्रावतीसम्म सडकको अवस्था राम्रो छ । त्यहाँदखि धुञ्चे र स्याफ्रुबेँसीसम्म पुग्ने सडकको स्तरोन्नति भइरहेको छ । काठमाडौँबाट बस र जिप यात्राका लागि सहजै उपलब्ध हुन्छन् ।
यस क्रममा बाटोमा पर्ने नुवाकोटमा नुवाकोट साततले दरबार, देवीघाट, शिवपुरी, गेर्खुको दुधेला, चोगदे क्षेत्रको सूर्यगढी, दुप्चेश्वर, फिकुरीको जुरेथुम, राउचुली, बेल्कोटगढी, बुङताङ, देउरालीलगायत ठाउँको अवलोकन गर्न सकिन्छ । ठाउँठाउँमा घरबासको पनि व्यवस्था गरिएको छ । काठमाडौँलाई चीनको नाका रसुवागढीसँग जोड्ने गरी सुरुङमार्गको प्रारम्भिक अध्ययनसमेत शुरु गरिएको छ ।
टोखा–छहरे–गुर्जुभञ्ज्याङ करिब पाँच किलोमिटर तथा बेत्रावती–रसुवागढी करिब २४ किलोमिटर लामो सुरुङमार्ग निर्माण गरे नेपालमा चिनियाँ पर्यटक उल्लेख्यमात्रामा भित्रिने सम्भावना छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस