काठमाण्डौ – अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । व्यापार सम्झौता भएसँगै दुई देशबीच चलेको १८ महिनादेखिको व्यापार युद्ध विसर्जन भएको छ ।
सम्झौता कार्यक्रममा चीनको तर्फबाट उपप्रधानमन्त्री लियु ही र अरु सरकारी अधिकारी सहभागि थिए ।
गएको डिसेम्बरमा अमेरिका र चीन सरकारले व्यापार सम्झौताको दिशामा अघि बढ्ने निर्णय लिएका थिए । दुवै देशले बुधबार सम्झौताको पहिलो चरणमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार चीनबाट आयात हुने सामानमा लगाइएको केही नयाँ कर फिर्ता लिने घोषणा गरिएको छ र त्यसबापत चीनले अमेरिकासँग धेरै कृषि उत्पादन खरिद गर्नेछ ।
सम्झौतामा हस्ताक्षरसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको दोस्रो चरणको वार्ता पनि छिट्टै सुरु हुने बताएका छन् ।
उनले सम्झौतालाई ऐतिहासिक भएको संज्ञा दिएका छन । अब चीनले आउँदो दुई वर्षमा दुई सय अर्ब अमेरिकी डलरभन्दा बढी अमेरिकी सामान आयात गर्नेछ ।
जसमध्ये ५० अर्ब डलरको कृषि उत्पादन, ७५ अर्ब डलरको निर्माणसम्बन्धी र ५० अर्ब डलर ऊर्जा क्षेत्रसँग सम्बन्धित हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस