काठमाडौं – कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेका बेला चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई सरकारले नेपाल फर्काउने भएको छ । कोरोना भाइरस प्रभावित क्षेत्र हुवेई प्रान्तमा रहेका नेपाली नागरिकमध्ये संक्रमण नभएका आफ्ना नागरिकलाई मात्र सरकारले स्वदेश फिर्ता गर्न लागेको हो । संक्रमण तीव्र गतिमा फैलँदै गएपछि सरकारले यो निर्णय गरेको हो ।
चीनस्थित नेपाली राजदूतावासले शनिबार सूचना प्रकाशित गर्दै हुवेई प्रान्तमा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउने जनाएको छ । त्यहाँ रहेका नेपालीले आफू असुरक्षित रहेको भन्दै सरकारलाई नेपाल फर्काउन आग्रह गर्दै आएका थिए । नेपाल फर्कन इच्छुकले आज आइतबार बिहान ९ बजेसम्म फर्म भरिसक्नुपर्ने दूतावासले जनाएको छ ।
दूतावासले जारी गरेको सूचनामा नेपाल फर्कन चाहने नेपालीले अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । संक्रमण भइसकेकालाई भने चीनमा नै राखेर उपचार गरिने भएको छ ।
हाल उहान प्रान्तमा १ सय ८९ जना नेपाली रहेको तथ्यांक छ । चीनको वुहान सहर क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई फिर्ता गर्न दुईवटा जहाज तयारी अवस्थामा राखिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको ‘रेस्क्यु’ गर्न जहाज तयारी अवस्थामा रहेको बताए । उनले नेपाल एयर लाइन्स र हिमालय एयरलाइन्सका दुईवटा जहाज तयारी अवस्थामा रहेको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार वुहानमा रहेका नेपालीलाई उद्धारपछि नेपाली सेनाको ब्यारेक, ट्रेनिङ सेन्टर वा विद्यालयमा सुरक्षित तरिकाले राख्नका लागि अन्तरमन्त्रालय र समितिहरूमा छलफल चलिरहेको छ ।
‘वुहानमा रहेका नेपाली सुरक्षित छन् । नेपाल सरकारले उनीहरूलाई ल्याएपछि कहाँ राख्ने भन्ने विषय छलफलमा छ । केही समय उनीहरूलाई विशेष निगरानीमा राखेपछि मात्र घर फिर्ता गर्नुपर्ने हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने । राजधानी दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस