सोल-बिहिवार कोरियाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म चीनबाट फैलिएको कोरोना भाइरसका कारण १ हजार ७ सय बढी संक्रमित भइरकेका छन् ।
दक्षिण कोरियामा थेगु शहरस्थित सिजिओन्ची सम्प्रदायका मानिसहरु सहभागी चर्चका मानिसहरुमा गरिएको स्वास्थ्य परिक्षण गर्दा सो तथ्याङ्क पाइएको हो ।
बिहिवार एकै दिन पाइएका ५०५ जना संगै हालसम्म कोरियामा १ हजार ७ सय ६६ जनामा संक्रमण पाइएको हो । यता बिहिवार नै एक ७५ बर्षीय नागरिकको कोरोना संक्रमणमा मृत्यु भए सँगै उक्त भाइरसबाट मर्नेहरुको संख्या १३ पुगेको छ ।
कोरियाली प्रकोप तथा रोग नियन्त्रण विभागले जनाए अनुसार कोरियामा फैलिएको संक्रमण मुख्य गरि थेगुस्थित चर्चबाट करिव ४६ प्रतिशत, सिमा पार भ्रमण गरि फर्केकाबाट करिव दुई प्रतिशत रहेको छ । अन्य क्षेत्रमा भने चीनबाट आएका चिनियाँ नागरिकहरुबाट फैलिएको समाचारमा जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरियामा रहेका करिव २ लाख ४५ हजार सिजिओन्ची सम्प्रदायका मानिसहरुको सम्पुर्ण तथ्याङ्क सरकारले सुरक्षित राखिसकेकाे र सोही अनुरुप उनीहरुको स्वास्थ्य परिक्षण समेत हुने छ ।
सरकारले उक्त सम्प्रदायमा सामेल हुन चाहाने र तालिममा रहेका हरुको पनि जानकारी लिई परिक्षण सुरु गर्ने जनाएको छ ।
यता कोरियाको डेन्याम हस्पिटलमा १० जना स्वास्थ्य कर्मी सँगै ११४ जनामा कोरोनाको लक्षण भेटिएको छ ।
कोरियामा एकाएक तिब्र गतिमा फैलिएको कोरोना भाइरस विरुद्ध लड्न विभिन्न बैंकहरुले सहज रुपमा लोन उपलब्ध गराउने जानकारी समेत दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस