सोल-कोरियामा ह्वात्तै बढेको कोरोना संक्रमित हरुको संख्याका कारण अर्थतन्त्रमा त असर गरेकै छ, हाल यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा समेत देखा पर्न थालेको छ ।
कोरोना त्रासका कारण विदेशबाट कोरिया अध्ययनका निम्ति आएका विद्यार्थिहरु आफ्नो देश फर्कने क्रम बढ्न थालेको छ ।
केडिआई स्कुल अफ पव्लिक पोलिसी डेभलोप्मेन्टमा अध्ययनरत बाङ्ग्लादेशी विद्यार्थि एक्कासि व्यापक भएको कोरोनाको संक्रमणको समाचार सुने पछि स्वदेश फर्किएका छन् । उनी हालसाल मात्र कोरिया अध्ययनार्थ आएका थिए ।
उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । कोरियामा कोरोना त्रासका कारण आफ्नो देश फर्कने विद्यार्थिहरुको संख्या निकै नै बढ्न थालेको छ । प्रति बर्ष २०० विद्यार्थिलाई अध्ययन गराउदै आएको उक्त शैक्षिक संस्थामा आधा जसो विद्यार्थि विदेशबाट अध्ययन गर्न आउछन् ।
कोरोना संक्रमण पश्चात कोरियाका प्रभावित क्षेत्रका शैक्षिक संस्थाहरु आगामि मार्च ८ तारिख सम्मका लागि बन्द गरिएका छन् ।
कोरोना प्रकोपका कारण कोरियाका विभिन्न विश्वविद्यालयहरुले इमिग्रेशन तथा परराष्ट्र विभागलाई पत्राचार गर्दै विद्यार्थिहरुको भिसा मिति अप्रिल मसान्तसम्म युर्याउन अनुरोध समेत गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस