भक्तपुर – कोरोना भाइरस कोभिड–१९ को प्रकोप रहेको चीनबाट उद्धार गरी ल्याइएका नेपालीलाई कोरोना भाइरस नभएपछि सोमबारबाट क्वारेन्टाइनमुक्त भएका छन् ।
यही फागुन ४ गतेदेखि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा बसेका नेपाली सोमबारबाट घर फर्किएका हुन् ।
चीनबाट ल्याइएका १७५ जनालाई कोरोना भाइरस नेगेटिभ रिपोर्ट आएको थियो । दोस्रो चरणमा पनि कोरोना भाइरस नेगेटिभ आएपछि सोमबार एक समारोहबीच उनीहरूलाई बिदाइ गरियो ।
१६ दिनसम्म क्वारेन्टाइनमा बिताएका नेपाली बिदाइ हुने क्रममा नेपाल सरकार जिन्दावाद, नेपाली सेना जिन्दावाद, नेपाली मिडिया जिन्दावाद, नेपाल प्रहरी जिन्दावादजस्ता नारा लगाउँदै चीनबाट उद्धार भएकोमा खुसी देखिन्थे ।
धेरैबेरसम्म नेपाल सरकार, मिडिया र नेपाली सेनाको जयजयकार गर्नुभएका उनीहरुले जीवनमा सबैभन्दा खुसीको क्षण भएको बताए ।
यदि सरकारले चीनबाट उद्धार गरेर नल्याएको भए आफूहरूलाई कोरोना सङ्क्रमण हुनसक्ने, चीनमा खान, बस्नको असुविधा हुनेजस्ता समस्याबाट आफूहरू मुक्त भएको उनीहरुले बताए ।
चीनबाट उद्धार गरेर क्वारेन्टाइनमा बसेका डा. गौरव पोखरेलले आफूहरूलाई सरकारले ठूलो गुण लगाएको बताए ।
यतिको व्यवस्थापन होला भनेर पत्याउन नसकेको भन्दै उनले भने, “सरकारले हाम्रा लागि धेरै ठूलो काम गरेको छ । सायद यतिखेरसम्म चीनमा भएको भए हामीमध्ये कतिपयलाई कोरोना भाइरस लागिसकेको हुन्थ्यो ।” विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन अवधिभर दुईपटक थ्रोट स्वाबको परीक्षण गर्नुपर्छ । दुवै पटकको परीक्षणमा उहाँहरूमा कुनै पनि समस्या वा भाइरस पोजेटिभ नदेखिएपछि सोमबार बिदाइ गरिएको हो ।
पहिलो चरणको परीक्षणका लागि क्वारेन्टाइनमा राखिएको २४ घण्टाभित्र गर्नुपर्ने मापदण्डअनुसार उद्धार गरी ल्याइएकै दिन फागुन ४ गते नमुना सङ्कलन गरिएको थियो । दोस्रो चरणको नमुना सङ्कलन क्वारेन्टाइनमा राखिएको १४औँ दिन अर्थात् यही फागुन १७ गते नमुना सङ्कलन गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस