काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवालाई ७ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश दिएको छ ।
प्रचण्डमागि रतनले आइतबार जुत्ता प्रहार गरेका थिए ।
तिरुवाविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको समय दिइएको
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले बताए । कसुर पुष्टि भए प्रशासनले तिरुवालाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय गराउन सक्छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रममा भाषण गरिरहेका दाहाललाई लक्षित गरी तिरुवाले जुत्ता प्रहार गरेका थिए तर उनले प्रहार गरेको जुत्ताले दाहाललाई भने लागेन ।
यसैबीच, महानगरीय प्रहरी कार्यालयले घटनाबारे छानबिन गर्न एसएसपी सहकुल थापाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस