रोल्पा – राज्यले करोडौंको लगानीमा निर्माण गरेको सहिद–मार्ग सडक सोनापुर सिमेन्ट उद्योगको चरम लापरबाहीका कारण अल्प समयमै जीर्ण बनेको छ। दाङमा रहेको सो सिमेन्ट उद्योगले चुनढुंगा निकासी गर्न सडकको क्षमताभन्दा धेरै भार बोकेका टिपरहरू कुदाउँदा घोराही हुँदै रोल्पा होलेरीसम्मको सडक कालोपत्रे गरिए पनि उक्किएर कच्ची सडकभन्दा पनि जीर्ण बनेको हो।
सिमेन्ट उद्योगका लागि वैकल्पिक मार्ग भए पनि त्यो प्रयोग नगरी टिपर चालकहरूले सहिद–मार्ग नै रोज्ने गर्छन्। सहिद–मार्गमा सोनापुर सिमेन्टका लागि दैनिक दुईदर्जन टिपर क्षमताभन्दा बढी भारको चुनढुंगा बोकेर कुद्ने गर्छन्।
उद्योगले चुनढुंगा ओसार्न अर्को सडकको स्वीकृति ल्याएको भए पनि सहिद–मार्ग नै प्रयोग गरिरहेको छ। कालोपत्रे भएको १४ महिना नबित्दै टिपरका कारण सडक तहसनहस भए पनि मर्मत गर्नेतर्फ ध्यान दिइएको छैन।
साढे ३१ किलोमिटर दूरीको उक्त सडकमा यात्रा गर्न गाह्रो हुन थालेको छ। पहाडी घुम्ती उक्त सडकमा दर्जनौं स्थानमा ठूल्ठूला खाल्डा परेपछि सवारीचालक र यात्रु हैरान बनेका छन्। ‘सिल प्यासेफिक ज्वाइन्ट भेन्चर कम्पनी’ ले ४० करोड ८३ लाख रुपैयाँमा कालोपत्रे गर्ने जिम्मा लिएको थियो।
यो सडक भारतीय एक्जिम बैंकको ऋण सहयोगमा गत वर्ष कालोपत्रे गरिएको हो। निर्माणको एक वर्षसम्म ठेकेदार कम्पनीले मर्मतको जिम्मा लिने सम्झौता भएकाले सम्झौता अवधिमै सडक अस्तव्यस्त भएपछि हस्तान्तरणसमेत हुन सकेको छैन।
दर्जनौं स्थानमा भत्किएको र उक्किएको यो कालोपत्रे सडक कतिपय ठाउँमा कच्ची सडकभन्दा पनि कमसल देखिन थालेको छ।
काम सकिएको एक वर्ष नबित्दै कालोपत्रे उक्किएर खाल्डैखाल्डा बनेपछि सडक हस्तान्तरणसमेत हुन सकेको छैन।
सहिद–मार्ग सडक योजना कार्यालयका अनुसार होलेरी क्षेत्रमा सिमेन्ट कारखानाका टिपरहरूले ओभर–लोड बोकेर दौडने गरेका कारण कालोपत्रे नटिकेको हो।
‘कालोपत्रे गरिएको यो सडक निर्माण व्यवसायीले हामीलाई बुझाउने बेला भएको छ तर सम्झौताअनुसारको नभएपछि हामीले बुझेका छैनौं,’
सहिद–मार्ग सडक योजना प्रमुख विष्णुबाबु पाण्डेले भने, ‘वास्तवमा क्षमताभन्दा बढी लोड बोकेर टिपरहरू कुद्न थालेपछि सडकले भार थेग्न नसकेको हो।
उद्योगले वैकल्पिक मार्ग प्रयोग गरे हुन्थ्यो। हामीले उद्योगलाई पनि पत्राचार गरेका छौं।’ उनका अनुसार टिपर नचलेको ठाउँको सडक गतिलो छ तर चुनढुंगा निकासी गर्ने स्थानसम्मका प्रायः सबै घुम्तीमा सडक बिग्रिएको छ। नागरिक दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस