काठमाडौं – सरकारले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत आधा दर्जन सचिवको सरुवा, केहीको बढुवा र पदस्थापन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपण गर्न सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना हुनुअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ठूलो संख्यामा सचिवको सरुवा गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ।
यस्तै मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ।
भूमिसुधार मन्त्रालयको सचिवमा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत केदार न्यौपानेलाई सरुवा गरिएको छ।
सरकारले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ। उद्योग मन्त्रालयकी सचिव यमकुमारी खतिवडालाई महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ।
मन्त्रिपरिषद्ले सहसचिव एकनारायण अर्यालयलाई सचिवमा बढुवा गरी काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ भने अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई कायम मुकायम राजस्व सचिव बनाउने निर्णय गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस