काठमाण्डौ-अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा स्वीकृत भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडाको राजिनामा स्वीकृत गरेकि हुन। राष्ट्रियसभा सदस्य पदको कार्यकाल आजै सकिने भएपछि खतिवडाले आफ्नो राजिनामा पत्र मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपति भण्डारीलाई बुझाएका थिए। मन्त्री खतिवडाले अर्थ र सुचना तथा संचार प्रविधि मन्त्रीबाट राजिनामा दिएसँगै खतिवडाको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको छन। राष्ट्रपति भण्डारीले मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई तोकेको राष्ट्रपति कार्यलयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा संचार प्रविधि मन्त्रीबाट गोकुल बाँस्कोटाले दिएको राजीनामा स्वीकृत गरेपछि अर्थ मन्त्रालय सम्हाली रहेका युबराज खतिवडाले संचार तथा सुचना प्रविधि मन्त्रालय पनि सम्हाली रहेका थिए। बाँस्कोटाले राजीनामा दिएपछि खाली भएका मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई दिइएको थियो।
आज राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालका अनुसार बिज्ञप्ति जारी गरि अर्थ र संचार तथा सुचना प्रविधि मन्त्री युबराज खतिवडाले राजीनामा दिएको स्वीकृत गरि निजले सम्हाली आएको अर्थ र संचार तथा सुचना प्रविधि मन्त्रालयको कायर्भार सम्माननीय प्रधानमन्त्री श्री के पी ओलीज्युले सम्हाल्ने गरि तोकिएको जानकारी गराएका छन्।
यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञप्ति
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस