भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा भएको विकासको लाभ आरजक र अपराधिक तत्वले लिने परिस्थिती बन्नु नहुने बताएका छन् |
आज सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूमा निर्मित शक्तिस्वरुपा श्री पाथीभरा वैष्णोदेवी माताको प्राण प्रतिष्ठा एवम् द्वारकाधिश भगवानको स्थापनाका साथै उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले व्यवसायको नाममा हुने विकृतिलाई रोक्नु वर्तमान अवस्थाको अनिवार्य आवश्यकता रहेको उल्लेख गरे ।
भक्तपुरलाई हिंसामुक्त, शान्ति क्षेत्र तथा आध्यात्मीक क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै उनले त्यस प्रकारका विकासका गतिविधिहरु सञ्चालन गर्न विशेष ध्यान दिनुपर्नेमा उल्लेख गरे ।
गुण्डुमा अराजता भित्र्याई अनेक प्रकारका गतिविधि गरी राजनीतिक तथा विकासको लाभ लिन कतिपय तत्वहरु लागेको उल्लेख गर्दै उनले त्यस्ता गतिविधि गर्नेलाई सचेत गराउँदै वर्तमान समयदेखी नै तहलगाउँदै लैजानुपर्ने बताए ।
उनले भने , ‘भट्टी पसल र तास पसलहरु जस्ता कुराहरु गरेर युवाहरुलाई विगार्ने तत्वहरुलाई नियन्त्रण गर्नको निम्ती गुण्डुमा प्रहरी चौकीको समेत व्यवस्था गरेका छौं । जाँड खाएर हिड्ने, अराजक गतिविधि गर्नेलाई नियन्त्रण गर्न सवैको साथ र सहयोग आवश्यक रहेको छ । अपराधीको कुनै पार्टी हुँदैन । कसैले अपराधीको संरक्षण गर्छ भने त्यो नै अपराधी हो ।’
पाथीभराण् मन्दिरको निर्माणको लागि ६ महिनामा इतिहासकै सवैभन्दा वढी भौतिक, धार्मिक तथा पर्यटकीय रुपमा उपलब्धी भएको उल्लेख गर्दै धार्मिक लाभसँगै पर्यटन, मानिसको जीवन तथा व्यवहायसँग जोड्नुपर्ने जसमा महिना दिदी बहिनिहरुको मुख्य भूमिका हुने बताए । मन्दिरको विकास, पर्यटन प्रवद्र्धनलगायतसँगै भौतिक पूर्वाधारको विकासको लागि खहरेवाट १४ मिटरको बोटो समेत निर्माणको प्रकृया अघि बढेको र आगामी वर्षमा निर्माण प्रकृया सम्पन्न हुने समेत जानकारी गराए ।
रामदेवले उत्पादन गरेको सामाग्रहरु हामी सवैले किन्ने गरेको उदाहरण प्रस्तुत गर्दै उनले अध्यात्मसँग व्यवसाय जोड्ने र जनताको स्वास्थ्यसँग लाभ दिने कुरामा पाथीभरामाता अनत्तलिङ्गेश्वर, शुवणेश्वरलगायतको महत्वपूर्ण भूमिका रहने बताए । उनले पाथीभराको स्थापनासँग धेरै मात्रामा पर्यटक तथा पिकनीक आउने क्रम बढेकाले विशेष रुपमा व्यवसायीक योजनाहरु जोडी विकास निर्माणको पाटोलाई ध्यान दिनुपर्नेमा जोड दिए ।
महायज्ञको शुरुवातसँगै कोरोना संक्रमणको वारेमा पछिल्लो समय भइरहेको हल्लाको पछि लाग्नु नपर्ने बताउँदै उनले आतंकित नभई सचेत हुनु जरुरी रहेको औल्याउँदै कोरोनाबाट बच्ने उपायहरुको सन्देश समेत दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस