एजेन्सी – कोरोनाभाइरससँग जुझिरहेको अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज सम्बन्धी विधेयक अनुमोदन गरेको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पले यसबारे कानुनमा चाँडै हस्ताक्षर गर्ने बाचा गरेका छन्। यो सँगै सङ्घीय सरकारले कोरोनाभाइरसको विश्वव्यापी महामारीले प्रभाव पारेका साना व्यवसायका साथै कोभिड(१९ को सङ्क्रमणका कारण बिरामी परेकाहरूको सङ्ख्या उच्च रहेको अस्पतालहरूलाई राहत स्वरूप थप ऋण उपलब्ध गराउने छ।
सङ्क्रमण भएको हुन सक्नेहरूको परीक्षणका लागि पनि उक्त कोषबाट सहयोग गरिने बताइएको छ। हाउस अफ रिप्रिजेन्टेटिभ्समा उक्त प्याकेजसम्बन्धी विधेयकको पक्षमा ३८८ सदस्यले भोट हालेका थिए भने पाँच जना विपक्षमा उभिएका थिए।
यो सँगै अमेरिकामा सङ्घीय सरकारले पछिल्लो चुनौतीसँग जुझ्ने क्रममा खर्च गर्ने रकम करिब ३० खर्ब डलर पुगेको बताइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस