इटाली – कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित युरोपेली देश इटालीले करिब दुई महिनाभन्दा लामो देशव्यापी लकडाउन खुकुलो पारेको छ । लकडाउन खुकुलो भएसँगै झण्डै ४० हजार मानिस काममा फकिएएका छन् ।
कोभिड–१९ को संक्रमण फैलिएपछि फेब्रुअरी तेस्रो साता इटालीले लोडी प्रान्तका ११ नगरपालिकामा लकडाउन गरेको थियो । तर संक्रमण थप विस्तार भएपछि मार्च ९ देखि देशव्यापी लकडाउन गरिएको थियो ।
लकडाउन खुकुलो गरिएसँगै उद्योग तथा निर्माण क्षेत्रहरूमा काम सुचारु भएको छ । लकडाउन खुकुलो भए पनि मानिसहरूमा भने संक्रमणको त्रास कायमै रहेको छ ।
मानिसहरूलाई आफ्नो क्षेत्रमा सीमित रहेर आवतजावत गर्न, पार्कमा डुल्न तथा मास्क लगाएर आफन्तहरूसँग भेटघाट गर्न दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इटालीका प्रधानमन्त्री जुसेपे कोन्टेले केही दिनदेखि भाइरसको प्रभाव क्रमशः कम हुन थालेपछि प्रतिबन्ध खुकुलो पारिएको बताएका छन् । कोन्टेले केही दिनको अवस्थालाई मूल्यांकन गरी लकडाउन हटाउनेबारे निर्णय लिइने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस