जनकपुर – सालीसँगको प्रेममा श्रीमती हत्या गरेको घटना बाहिर आएको छ । धनुषाको मिथिला नगरपालिका ९ लालभित्तिमा सालीसँगको प्रेम सफल गर्न आफ्नै श्रीमतीको हत्याको घटना बाहिर आएको छ ।
२८ वर्षीय श्रीमान् हरि चौहानले सालीसँगको प्रेमपछि श्रीमती हत्या गरी जङगलमा शव गाडेको अवस्थामा चार दिनपछि प्रहरीले फेला पारेको छ ।
१८ गते हराएकी भनिएकी विणा चौहान लामाकी बुवा पदम बहादुर लामाले २१ गते प्रहरीसमक्ष खोजतलास गरिदिन उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले अनुसन्धानको क्रममा श्रीमान हरिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।
इलाका प्रहरी कार्यालय धनुषा ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले भने, हरि र बहिनी गंगाको सम्बन्धबारे बीणाले श्रीमान्लाई पटक÷पटक भनिरहँदा पत्निबाट छुटकारा पाउन हत्या गरेको देखिन्छ ।
प्रहरी निरीक्षक कार्कीले अनुसन्धानको क्रममा १८ गते हराएकी विणाको २१ गते आइतबार उजुरी पर्नासाथ उनका श्रीमान पक्राउ परेका थिए । पक्राउपछि अनुसन्धान गर्दै जादा ८ बजे राती हरीले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साली गंगासँग बिहे गर्न तथा श्रीमतीबाट छुटकारा पाउनका लागि श्रीमतीलाई फकाएर बालो काट्ने बहानामा वैशाख १८ गते साँझ ५ बजे जङगल पठाएको र आफू पनि गएर श्रीमतीले प्रयोग गरेको सलले घाँटी बेरेर हत्या गरेर शव खाल्डोमा पुरिदिएको अनुसन्धानबाट खुल्न आएको छ। अन्नपूर्ण पोष्टबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस