काठमाडौं-शुक्रबार स्थायी कमिटी बैठकअगाडि बिहीबार नेकपामा त्रिपक्षीय संवाद हुने भएको छ ।
पार्टी विभाजनको तहमा पुग्ने गरी अन्तरविरोध चर्किएपछि डेढ सातादेखि लगातार संवादमा रहेका प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको वार्तापछि बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल गर्ने गरी वार्ता टुंगिएको थियो । मंगलबार पनि ओली र प्रचण्डबीच कुराकानी भएको थियो । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
समाचार अनुसार पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बिहीबार अध्यक्षद्वय ओली र प्रचण्डबाहेक वरिष्ठ नेता नेपालबीच सहमति जुटाउने प्रयासस्वरूप वार्ता हुनेछ ।
१० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । तैपनि संवादमा ओली र प्रचण्ड मात्र बस्दै आएका छन् ।
बुधबारसम्म उनीहरूबीच ठोस सहमति भइनसकेको अवस्थामा बिहीबार वरिष्ठ नेता नेपालसहितको बैठक बस्न लागेको हो ।
२४ असारको तिक्त संवादको एक सातापछि ओली–प्रचण्डले मंगलबारबाट पुनः छलफल थालेका थिए । तर, बुधबार बालुवाटारमा तीन घन्टा भएको छलफलमा ठोस प्रगति भएको छैन । बुधबार पनि छलफलमा दुवै अध्यक्ष अडानमै थिए ।
यद्यपि सहमतिको विकल्पबारे थप छलफल गर्दै जाने गरी उनीहरू उठेका थिए । दुईजना मात्रै बस्दा ठोस प्रगति नभएको भन्दै प्रचण्डले नेपालसहितको छलफलको प्रस्ताव गरेका थिए ।
ओलीसँगको बुधबारको संवादपछि अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठलाई छलफल यथास्थितिमै रहेको ब्रिफिङ गरेका छन् ।
पछिल्लो संवादमा पनि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट आफूले राजीनामा नदिने अडान दोहो¥याएका छन् । तर, प्रचण्डले स्थायी कमिटीको मनोविज्ञान र अहिलेको आवश्यकता बुझेर राजीनामा गर्न प्रधानमन्त्रीलाई सुझाएका थिए ।
बुधबार ओली र प्रचण्डको छलफलमा केहीबेर महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।
महासचिव पौडेलले दुई अध्यक्षबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएका दाबी गरे । उनले पार्टी एकता अक्षुण्ण राखेर आन्तरिक जीवनमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
‘हाम्रो पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या समाधान हुन्छन्, पार्टी एकता अक्षुण्ण रहन्छ र जनताले सुम्पिएको अभिभारालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रभावकारी ढंगले पूरा गर्दै अघि बढ्नेछ,’ पौडेलले भने ।
बालुवाटारमा छलफलमा सहभागी भएपछि पौडेल र शर्मा दुवै सिंहदरबार फर्किएका थिए । संसदीय दलको कार्यालय, सिंहदरबारमा अध्यक्षद्वयको छलफलबारे केहीबेर संसदीय दलका उपनेता नेम्वाङसँग छलफल गरेका थिए ।
‘अहिले पार्टीमा देखापरेका समस्यालाई निष्कर्षमा पु¥याउन दुवै अध्यक्ष निरन्तर छलफलमा हुनुहुन्छ,’ उपनेता नेम्वाङले भने, ‘भित्रका सबै कुरा त थाहा छैन, तर पार्टी महासचिवका अनुसार छलफल राम्रो भएको भन्ने छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस