काठमाडौँ- राष्ट्रिय एकता र अखण्डाप्रति आफू पूर्णरुपमा प्रतिवद्ध रहेको उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले बताएका छन् ।
मन्त्रीमा नियुक्त भएलगत्तै महतोले आफू बहुल राष्ट्रिय राज्यको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिका कारण उनको चौतर्फी तीव्र आलोचना हुँदै आएको छ । एमालेको नेता माधव नेपाल खेमाले महतो अभिव्यक्ति प्रति आपत्ति जनाएको थियो ।
मन्त्री महतोले शनिबार विज्ञप्ति निकालेर आफ्नो भनाई बंग्याएर अतिरञ्जित गरिएको दाबी गर्दै राष्ट्रिय एकता र अखण्डतामा आफ्नो प्रतिवद्धता रहेको उल्लेख गरेका हुन् ।
विज्ञप्तिमा उनले भनेका छन, “मेरो अभिव्यक्तिलाई बंग्यार र गलत अर्थ लाग्ने गरि प्रचार प्रसार भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले संविधानको धारा ३ मा उल्लेख भए बमोजिमको अभिव्यक्ति दिएको हो । यो संविधानमा हाम्रा असन्तुष्टि सम्बोधन गर्न संशोधनको निम्ति गठित कार्यदलमा हाम्रा धारणा राख्ने नै छौँ । म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकता प्रति पूर्ण प्रतिवद्ध रहेको छु । यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस भन्ने प्रष्ट पार्न चाहन्छु ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस