जनकपुरधाम- माओवादी केन्द्रको प्रथम प्रदेश २ अधिवेशन शनिबारदेखि जनकपुरधाममा उद्घाटन भए पनि बन्दसत्र भने ३ पुसदेखि सुरु हुने भएको छ ।
प्रदेश २ का एक सय ३६ स्थानीय तहमध्ये अहिले एक सय तीनवटा स्थानीय तहको मात्र अधिवेशन भएकाले र बाँकी स्थानीयमा विवाद रहेकाले प्रदेश अधिवेशनको बन्दसत्रको समय बढाइएको माओवादी केन्द्रका प्रदेश २ अध्यक्ष प्रह्लाद बुढाथाेकीले बताए । प्रदेश २ को कार्यसमिति दुई सय ७१ जनाको रहने उनले बताए ।
प्रदेश २ मा माओवादी केन्द्रको एक लाख ३० हजार सक्रिय रहेको बुढाथाेकीले जानकारी दिए । पार्टीकाे विधानअनुसार प्रत्येक दुई सय सक्रिय सदस्यमा एकजना प्रदेश अधिवेशन प्रतिनिधि छनाेट गर्नुपर्ने प्रावधान छ । यस हिसाबले माओवादीको प्रदेश अधिवेशनमा साढे ६ सय प्रतिनिध र केन्द्रीय सदस्यसहितका प्रतिनिधि रहेका छन् ।
माओवादी केन्द्रको बन्दसत्रको समय बढाइएपछि प्रदेश नेतृत्वको आकांक्षीहरू आ-आफ्नो टिमको तयारीमा लागेका छन् । अहिलेसम्म औेपचारिक रूपमा कुनै नेताले प्रदेश नेतृत्वको घोषणा नगरे पनि प्रदेश अध्यक्षमा आन्तरिक मामिला तथा सञ्चारमान्त्री भरतप्रसाद साह, पूर्वमन्त्री रामकुमार शर्मा, वर्तमान प्रदेश अध्यक्ष प्रह्लाद बुढाथाेकी र अहिले प्रदेश सचिव रहेका श्रवण बरबरियामध्ये एक हुनेछन् ।
प्रदेश संगठनको जिम्मेवार पदमा रहेका व्यक्तिले पार्टीको केन्द्रीय कार्यसमितिमा नरहने व्यवस्था भएकोे अवस्था बुझेर मात्रै उम्मेदवारी दिने मनसायमा रहेको माओवादी केन्द्रका नेता झलकु यादवले बताए । ‘प्रथम प्रदेश अधिवेशन भइरहेकाले हामीले कुशल र सक्षम नेतृत्व चाहेका छौं,’ उनले भने, ‘प्रदेशमा हामी कमजोर अवस्थामा छौ, त्यसैले प्रदेशमा संगठन विस्तारदेखि पार्टीलाई सही दिशानिर्देश दिन सक्ने नेतृत्व चाहिएको छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस