काठमाडौं-बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अज्ञात नम्बरबाट शंकास्पद वस्तु (बम) राखेको भन्दै थ्रेट कल आएपछि १ घण्टाभन्दा बढी समय आन्तरिक उडानतर्फका सबै हवाई उडान प्रभावित बने ।
बिहान करिब १० बजे त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर (टीडीओ) बस्ने कार्यालयमा आन्तरिक टर्मिनलतर्फ शंकास्पद वस्तु (बम) राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक फोन गरेपछि केही समय विमानस्थलमा अकस्मात् त्रास उत्पन्न भएको थियो । पाकिस्तानी अज्ञात नम्बरबाट यस्तो थ्रेट कल आएपछि विमानस्थल व्यवस्थापनले आन्तरिक उडान रोकेको थियो ।
सो हल्ला चलेपछि विमानस्थलको यात्रु प्रतीक्षालय तथा टर्मिनलमा रहेका यात्रुबीच भागदौड नै चलेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी गराएअनुसार त्यतिबेला अज्ञात व्यक्तिले कल गर्दा ‘अस्सलाम वालेकुम’ दुईपटक भनेर नेपालीमै बोलेको थियो ।
सो समय आन्तरिक टर्मिनलतर्फ शंकास्पद वस्तु (बम) राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक फोन गरेपछि विमान चढ्ने तयारीमा रहेका यात्रुहरूलाई समेत बाहिर निकालेर ‘सर्च’ गरिएको थियो । केही समय थ्रेट कलमा भनिएजस्तो शंकास्पद वस्तु फेला नपरेपछि सवा ११ बजेदेखि विमानस्थल पुनः सञ्चालनमा ल्याइएको थियो । यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस