काठमाडौं -प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँटको खाका बनाउन गठित पाँच दलीय कार्यदलको बैठक आज बस्दैछ।
कार्यदलको पहिलो बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।
बैठकमा गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँटको मोडालिटीमा प्रारम्भिक छलफल हुने कार्यदल सदस्य जनता समाजवादी पार्टी जसपाका नेता रामसहायप्रसाद यादवले जानकारी दिए।
गत शुक्रबार बसेको गठबन्धनको बैठकले सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा कांग्रेसबाट ३ जना र अरु दलबाट २–२ जना सदस्य छन्। सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेलगत्तै सत्ता गठबन्धनका दलहरुबीचको बैठकले निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेको थियो।
यो सहमति कार्यान्वयनका लागि कार्यदलले सिट बाँडफाँटको मोडालिटी बनाएर नेतृत्वलाई बुझाउने छ। सिटमा गर्ने दाबीबारे कुनै पनि दलले आन्तरिक रुपमा औपचारिक छलफलसमेत नगरीसकेकाले तत्काल मोडालिटी टुंगो लाग्ने भने देखिएको छैन।
गत शुक्रबार बजेसको गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट जनार्दन शर्मा र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट महासचिव वेदुराम भुसाल र प्रमेश हमाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस