काठमाडौं-शान्ति प्रक्रियामा आएपछि भएको प्रथम संविधानसभको निर्वाचनपछि जनताका घरमा पुग्न नसकेको नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता अहिले घरघरमा पुग्ने योजनामा छन् ।
प्रथम संविधानसभाको निर्वाचनमा तत्कालिन ३ वटै निर्वाचन क्षेत्रमा नतिजा निकाल्न असफल माओवादी पार्टीमा एकिकरण, विभाजन, पुनः एकिकरणले गर्दा माओवादीका नेता कार्यकर्ता जनताका घरमा पुग्न सकेको थिएन ।
तर अहिले नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता तीन महिने अभियानका क्रममा जनताका घरघरमा पुग्ने योजनामा अन्तिम तयारीमा पाँचथर जिल्ला समन्वय समिति लागेको छ ।
पार्टी र कार्यकर्ताको मन एकै बनाएर तीन महिने अभियान संचालनका लागि तयारी समेत सो पार्टीले शुरु गरेको छ । भाद्र १६ गतेबाट सबै वडामा शुरु हुने तीन महिने अभियानका लागि अहिले जिल्ला, पालिका र वडा तहमा छलफल तथा अन्तरक्रिया शुरु भएको माओवादी केन्द्रका जिल्ला इञ्चार्ज झलक सिंह दर्लामीले बताए !
घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नाराका साथ आफ्नो तीन महिने अभियानको अवसरमा जनतासँग माओवादी बिषेश रुपान्तरण अभियानका लागि पाँचथर जिल्ला समन्वय समितिको बिस्तारित बैठक तथा अभिमुखिकरण कार्यक्रम शनिवार फिदिममा सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रका संघीय सचिव चन्द्रप्रकाश खनाल (बलदेव)को प्रमुख आथित्यतमा भएको बिस्तारित बैठक तथा अभिमुखिकरण कार्यक्रममा प्रदेश कमिटी सदस्य, जिल्ला सदस्य, ८ वटै पालिकाबाट पार्टीका पदाधिकारीहरुको उपस्थिति रहेको जानकारी जिल्ला सचिव देवेन्द्र खत्रीले दिएका छन ।
खत्रीका अनुसार- बिस्तारित बैठक तथा अभिमुखिकरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका संघीय सचिव चन्द्रप्रकाश खनाल (बलदेव), पाँचथर इञ्चार्ज झलक सिंह दर्लामी , प्रदेश कमिटि अध्यक्ष हर्क बहादूर नेम्बाङ, केन्द्रिय सदस्य ज्योतिसिंह दर्लामी , प्रशिक्षणात्मक मन्तव्य दिएका थिए ।
जिल्ला समन्वय समितिको बिस्तारित बैठक तथा अभिमुखिकरण कार्यक्रममा उपस्थितमाझ पाँचथर जिल्लाको माओवादी पार्टीको अवस्था बारे जिल्ला समन्वय समिति संयोजक विशाल रसाइलीले रिपोटिङ्ग गरेका थिए, बैठकमा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य महेन्द्र हाङ जबेगुले प्रदेश र केन्द्रिय कमिटीको बैठकको सर्कुलरबारे उपस्थितलाई जानकारी गराएकी थिए ।
जिल्ला समन्वय समितिको बिस्तारित बैठक तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्दीय सचिव चन्द्र प्रकाश खनाल बलदेवले बलिया मुद्दा बाकेर स्थापित माओवादी पार्टी जनताबाट टाढा भएको भान भएकाले तीन महिने बिषेश अभियान संचालन गरेको बताए ।
यसैबीच प्रदेश कमिटीबाट पालिकाहरुका ईञ्चार्जको जिम्मेवारी प्राप्त कमरेडहरु आईतबारदेखि नै आ-आफ्नो पालिका पुगिसक्ने प्रदेश अध्यक्ष हर्क नेम्वाङ् मिक्सोले जनाएका छन ।
अभियानको उदघाटन भदौं १६ गते संघिय सरकारका प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डद्वारा काठमाडौको राष्ट्रिय सभागृहवाट देशभरीका सबै वडाहरुमा एकैेसाथ डिजिटल प्रविधि मार्फत बिहान ९:०० बजे हुँदैछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस