माओवादीका १३ जना कोशी प्रदेश सभा सदस्य मध्ये जनतासँगको भेटघाटमा क्रियाशिलताको हिसावले १ नं.मा रहेकी छिन-केन्द्रीय सदस्य सपना परियार सन्ध्या । सुनसरी जिल्लाबाट दलित महिला कोटाबाट समानुपातिक प्रदेश सभा सदस्यमा निर्वाचित सपना जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत तोकिएको आर्क मोरंगको कटहरी र ग्रामथानमा कमाण्ड सम्हाल्न पुगिसकेकी छिन ।
नेकपा(माओवादी केन्द्र) कोशी प्रदेश समितिका अध्यक्षको जिम्मेवारीमा रहेका छन् पाँचथर जिल्लामा रहँदा जनताको शुभ र दु:खका सामाजिक काममा घर-घर पुग्ने नेताको पहिचान बनाएका जनयुध्दका घाईते योध्दा हर्कबहादुर नेम्वाङ् ‘मिक्सो’। उनैले साथ दिईरहेछन क. सन्ध्याको योजनामा । प्रदेश अध्यक्षको जिम्मेवारीको हिसावले मिक्सो कहिले सोलु त कहिले ताप्लेजुङ पुग्छन । ब्यस्त समयको बीचमा पनि सपनालाई साथ दिने समय ब्यवस्थापन गर्न प्रतिवध्द देखिन्छन् ।
यसै सिलसिलामा हिजो नेकपा (माओवादी केन्द्र) मोरङ अन्तर्गत ग्रामथान र कटहरी गाउँपालिकाको संयुक्त पदाधिकारी बैठक मंगलबार बसेको थियो । पार्टी केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सपना परियार र प्रदेश पार्टी अध्यक्ष हर्कबहादुर नेम्बाङ्ग (मिक्सो)को उपस्थितिमा झोराहाटमा बैठक बसेको सो बैठकले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ । अभियानको उद्घाटन गत शनिबार वडा वडामा विविध कार्यक्रमसहित गरिएको थियो । अभियानपछिको पहिलो बैठकले ।
अभियानकै शिलशिलामा सहिद परिवार, वेपत्ता परिवारसंग पार्टीका केन्द्रीय नेताहरुले भेटघाट गर्ने, सेल कमिटि निर्माण गर्ने, जनवर्गीय संगठन तथा मोर्चाहरुको वडास्तरसम्म भेला गर्ने निर्णय गरिएको माननीय सपना परियारको सचिवालयले जनाएको छ । प्राप्त जानकारी अनुसार
पार्टी सदस्यता नवीकरण, प्रशिक्षण कार्यक्रम पनि अभियानकै दौरानमा गरिने भएको छ भने विभिन्न चाड पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान गर्ने पनि निर्णय गरेको छ । यसैगरी पालिकाको संयुक्त बैठकले समाजवादी मोर्चाको यही भदौ २५ गते विराटनगरमा हुने सन्देश सभामा सहभागिता जुटाउने सम्बन्धी पनि निर्णय गरेको छ ।
बैठकमा पार्टीका मोरङ संयोजक विजय विश्वास, नेताहरु लोचन धमला, अन्जना, सावित्रा अक्षामी, ताजिम अन्सारी, झलक थारु, सोवितलाल चौधरी, प्रदीप साह, हिरा भगत, हरि विश्वास, चन्द्रकला माझी, किशोर पाण्डे, किशोरकुमार भट्टराई, मदन भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
अभियानको क्रममा ग्रामथाना र कटहरीका मात्र नभएर सुनसरी र मोरंगका सबै सहिद तथा वेपत्ता योध्दा परिवार र घाईते योध्दाहरुसम्म पुग्ने र उनीहरुको पीडा ब्यथालाई सम्बोधन गर्न सम्वन्धित निकायमा पहल गर्ने योजना रहेको क.सन्ध्याले बताएकी छिन भने प्रदेश भरिकै कार्यक्रममा सम्भव रहेसम्म समयब्यवस्थापन गर्नु आफ्नो जिम्मेवारी रहेको क.मिक्सो बताउँछन् ।
सुनसरीको अभियानमा सृजना राई,रचना राई समेतको साथ रहेको थियो भने अहिलेको अभियानमा अञ्जना पोखरेल,शशी दाहाल लगायतका नेतृहरुले सपनालाई साथ दिईरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस