काठमाडौ-जनयुध्दको उर्वरभूमि र पूर्वको रोल्पाको नामले परिचित पाँचथर आफ्ना पुराना योध्दाहरुको खोजीमा लागेको छ । जनयुध्दकालमा पाँचथरमा कुनै त्यस्तो ठाउँ थिएन जहाँका कुनै युवा माओवादी युध्दमा सामेल नभएको होस । जिल्लाका ८० प्रतिशत युवायुवती माओवादी आन्दोलनसँग कुनै न कुनै रुपमा जोडिएका थिए-चाहे त्यो जनमुक्ति सेना,वाईसियल,मिलिसिया,विद्यार्थी,किसान,महिला,पेशागत मोर्चा होस अथवा जातीय वा सामाजिक मोर्चा होस् ।
जनमिलिसिया वा वाईसियलका नाममा भएका सामाजिक सुधार र रुपान्तरणका काम साथै उत्पादन र विकाससँग जोडिएका सामुहिक श्रमको अहिले पनि पाँचथरे जनता स्मरण गर्छन । पछिल्लो समय सामाजिक बिकृती चरम वढेको प्रति लक्षित गर्दै एक स्थानीय बृध्द भन्छन्- अब सेनालाई एम्वुस थाप्न कुकुर,कुप्पि दिनु पर्ने अवस्था छैन त्यसैले बरु माओवादी नै ठिक । पहिलेकै अवस्थामा माओवादी पुगोस् ।
माओवादी शान्ति प्रक्रिया आएपछि जीविका र गाउँमा बसेर काम गर्ने अवस्था नभएपछि ठुलो संख्यामा युवाहरु रोजगारीको लागि दुवई,कतार,मलेसिया र खाडीका अन्य मुलुकमा पलायन हुन पुगे । जस्को कारण अधिकांश गाउँ युवा विहिन हुन पुगे । परिणाम सामाजिक विकृति पहिला भन्दा वढी हुन पुग्यो । यसरी विदेशिनेमा अधिकांश माओवादी जनयुध्दमा डव्ल्युटी अर्थात होलटाईमर पूर्णकालिन कार्यकर्ताहरु रहेका छन् । यी मध्ये कतिपय त परिवारबाट विद्रोह गरेका र समाजमा स्थापित हुन नसक्ने परिस्थिति निर्माण भएका पनि छन् ।
शान्तिपूर्ण प्रतिष्पर्धामा आएपछि पार्टीले सन्तोषजनक परिणाम निकाल्न नसक्नु यसैको कारण रहेको छ ।
यसरी बिदेशिन बाध्य पार्टी कार्यकर्ता,समर्थक र सदस्यलाई माओवादीले संचालन गरेको ३ महिने रुपान्तरण अभियानसँगै जोड्न लागेको जिल्ला समन्वय समितिका कार्यालय सचिव चन्द्र माङमुले वताएका छन । यो अभियानसँगै पार्टी सदस्यता नवीकरण अभियान र नयाँ सदस्यता वितरण हुने र तत्काल पार्टीको विधान महाधिवेशन हुने हुँदा अभियान अवधिमा नविकरण नभएका सदस्यहरुको सदस्यता नरहने भएकोले पनि जोड्नै पर्ने र जोडिनु पर्ने अनिवार्यता रहेको माङमुले वताएका छन् ।
यसअघि यसरी बिदेशमा रहेका पार्टी सदस्यहरुलाई सम्पर्क समन्वय समितिले जोड्ने कार्य गरेपनि सो प्रभावकारि र व्यवहारिक नभएको सम्पर्क समन्वय समितिका संयोजक भक्त पयाङ्गु लिम्वुको अनुभव रहेको छ भने उक्त कार्य विधान संगत र व्यवहारिक नहुने माङमुको धारणा रहेको छ ।
यसरी जोड्ने कार्यको सुरुवात भैसकेको र जुम मार्फत बैठक र अन्तर्क्रिया हुँदै गरेको माङमुले जनाएका छन् ।
सो कुराको पुष्टि वैदेशिक रोजगारीका लागि जापानमा रहेका सुजन आङ्वो लिम्वुले पनि गरेका छन् आफ्नो फेसबुकमा सुचना पोष्ट गरेर गरेका छन । आङ्वो लेख्छन्-‘जनतासङ्ग माओवादी बिशेष रुपान्तरण अभियानमा पाँचथरे प्रवासि माओवादीहरुको सहभागिता। ‘
जिल्ला पार्टी कमिटीसङ्ग निरन्तर सम्पर्कमा रहि प्रवासमा रहनुभएका कमरेडहरुमा निरन्तर पार्टी ,सङ्गठन बारे छलफल,बहस,परामर्श जस्ता बिषयका माध्यमबाट पार्टी मा सक्रिय रहिरहनेगरि हामी यस प्रयासका अभ्यासमा छौ, आउनुहोस यस महान अभियानमा जिल्लाबाट हाल प्रवासमा रहनुभएका प्रिय कमरेडहरु हातेमालो गरौ साथै जिल्लामा रहनुभएका नेता कमरेडहरुले आफ्नो गाउबस्तिका हामीसङ्ग हालसम्म नजोडिनुभएक कमरेडहरुलाइ सम्पर्कका लागि समन्वयका निम्ति अनुरोध गर्दछु!
यस समन्वयकारी भुमिकामा गत आइतबार जिल्ला पार्टि कार्यालय सचिव क. चन्द्र माङमुको प्रमुख उपस्थितिमा दोश्रो बैठक बसि यही 2023-9-17 तारिख नेपाली समय साँझ 5:00 बजे जिल्लाका प्रमुख जिम्मेवार नेताहरुका उपस्थितिमा जुम मार्फत खुल्ला अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिने समेत जानकारी गराउदछु! उक्त कार्यक्रम सफल बनाउनका निमित्त यहाहरु सम्पुर्णमा समन्वयकारी भुमीकाको अपेक्षा गर्दछु ।’
आङबो नेपाली जनप्रगतिशिल मन्च जापानमा कार्यरत रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस