काठमाडौं-रवि लामिछाने रास्वपा पार्टी खोलेर नेता भए । गत महिना नि:शुल्क एम्वुलेन्स र महिलाको लागि व्लु वसमा चलाए भनी ठुलै हल्ला भयो । विडम्वना उनले चलाएको भरतपुर मेडिकल कलेजको अवैध एम्वुलेन्स एक हप्ता पनि टिकेन । अर्का रवि ठकुरी जस्ले चलाएको निःशुल्क शव बहान सेवाले आधा वर्षदेखि रातदिन निःशुल्क शव बोकेर घाट पुगिरहेका छन । उनको कतै चर्चा छैन । होस पनि कसरी लामिछाने मालिक मात्र होइन ठुलै स्टन्टबाज पनि भएभने ठकुरी कर्ममा विश्वास गर्ने आवाजविहीन मजदुर ।
को हुन त ती मनका धनी रवि ठकुरी
बिराटनगर महानगर पालिका वडा नं. ६ मा सानो हाडवयर पसल समेत रहेका रवि ठकुरी पेशाले ढुवानी पेशामा रहेका छन । करिव सात महिना अधि देखि अति विपन्न ब्यक्तिहरुको राहात कार्यमा सहयोग पुगोस भनी निःशुल्क अभियान नै संचालन गरेका ठकुरी नेकपा माओवादी केन्द्र ६ वडा कमिटीको अध्यक्ष र अखिल नेपाल यातायात मजदुर संघ मोरङको जिल्ला अध्यक्ष समेत रहेका छन् ।
माओवादी निकट मजदुर संघको अध्यक्ष भएका ठकुरीले मजदुर सघको संचालन भनिएता पनि आफ्नै श्रम श्रोत र साधनबाट निःशुल्क अभियान सचालन गरि रहेको माओवादीकी स्थानीय नेतृ बुढीगंगा पालिका सदस्य एवं अनेमसंघ क्रान्तिकारी जिल्ला सहसचिव तथा अभियन्ता शशी दाहालले बताइन । एउटा मजदुरले मानवीय मनले गरेको यत्रो महान कार्यमा पार्टी नेतृत्वको ध्यान नजानु र कसैले पनि साथ सहयोग र हौसला नदिनु दुःखपूर्ण रहेको दाहालको गुनासो छ ।
आफूले करिव सात महिना अघि शुन्यबाट सुरु गरेको अभियानको क्रममा भाद्र २२ गते सम्मका १२९ दिनमा १२९ जना मृतकको दाहसंस्कार मात्र गरिएको नभई अति बिपन्न परिवार लाइ राहत पुगोस भनि केही नगद र जिन्सि समेत उपलब्ध गराउदै आएको ठकुरीले जानकारी दिएका छन ।
यतिबेला स्व. दुर्गा जोशीको मिर्गौला पीडित छोरी तुलसा जोशीको घरको आर्थिक अवस्था अति नाजुक भएकोमा घरभाडा समेत ४ महिनादेखि दिन नसकेको अवस्था नियमित डायलोसिस गर्न र खान लाउन संकट भएकोले राहातको लागि कोशिश गर्दै रहेको र यो अभियान १११ औं अभियान सृखंला भएको रवि ठकुरी बताउछन । आफ्नो अभियानमा सहयोगको लागि जोडिन मानवीय मनहरुलाई आह्वान पनि गरेका छन ।
माओवादी पार्टीले यतिवेला घर घरमा माओवादी जन जनमा माओवादी अभियान भन्ने नाराका साथ ३ महिने रुपान्तरण अभियान लिएर जनताका घर घरमा पुगि रहेको छ र सो अभियानको नेतृत्व बुढीगंगा गाउँपालिकामा केन्द्रीय सदस्य अनिता परियारले गरिरहेकी छिन ।
अभियानको नेतृत्व गरि रहेका परियार पनि गाउँमा रहेर जनताको सेवामा अहोरात्र खटिरहेका ठकुरी जस्ता अभियन्ताहरुको योगदानको राज्यले मुल्यांकन गर्नु पर्ने र स्थानीय निकाय लगायतका सरकारी निकायले उनको अभियानमा सहयोग‚ प्रोत्साहन र सम्वोधन गर्नु पर्नेमा जोड दिन्छिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस