रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुममा ४ सय केभीए प्रसारण लाइनको सवस्टेसन बन्ने भएको छ ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमको टारचौरमा ४ सय केभीए प्रसारण लाइनको सवस्टेसन निर्माणको लागि जग्गा स्थानीयको १ सय ८० रोपनी जमिन रोक्का राखि अधिग्रहणको प्रक्रिया अघि बढेको खाँडादेवी गाउँपालिका– १ वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए l वडाध्यक्ष श्रेष्ठले यसरी जग्गा अधिग्रहण गर्दा स्थानीय ११ घर परिवारका १८ बढी घर गोठ उठाउनुपर्ने ,जग्गा अधिग्रहण र मुआब्जाको विषय निर्णयको चरणमा पुगेको बताए l
मुआब्जाको विषयमा निर्णय गर्नु अघि वडाध्यक्ष रामकुमार श्रेष्ठले शनिबार आफु लगायत गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी होमबहादुर पराजुली, विद्युत् प्राधिकरण आयोजना इकाई प्रमुख लगायतका प्राविधिक र सरोकारवालाको टोलीले सवस्टेसनको लागि अधिग्रहण गर्न लागिएको जग्गाको स्थलगत अनुगमन गरेको बताए l उहाँले विकासको काममा स्थानीयको कुनै अवरोध नभएको भए पनि उचित क्षतिपूर्ति पाउनु पर्ने माग रहेको उहाँले बताउनुभयो ।
अरुणपूल–टिङला हब, न्यु खिम्ती, तामाकोसी–३, सुनकोसी हब, ढल्केबर–४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत खाँडादेवी गाउँपालिका–१ राकाथुमको टारचौरमा सवस्टेसन बनाउन खोजेको हो l नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङको नेतृत्वमा प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सवस्टेसन निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा लागेका छन l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस