सोल – पछिल्लो चरणमा दक्षिण कोरियामा औधोगिक दुर्घटनामा परेर ज्यान गुमाउने नेपालीको सख्या बढदो छ | पछिल्लो दुई महिनामा मात्र चार नेपालीको दुर्घटनामा परेर ज्यान गएको छ |
गत बिहिबार मात्र छुन्छन बुक्दो ओछान स्थित प्लाष्टिक रिसाईकल गर्ने कम्पनीमा कार्यरत स्याङ्जा राङखोलाका होम बहादुर गुरुङको काम गर्ने क्रममा मेशिनले च्यापिएर मृत्यु भएको थियो |
त्यसै गरि डिसेम्बर २३ तारिखका दिन ह्वासंग सी फारनमा कार्यरत झापा शान्तिनगर-२ का २५ बर्षीय नविन राईको काम गर्ने क्रममै गाडीले किचेर मृत्यु भएको थियो भने डिसेम्बर १३ तारिखका दिन ख्वान्ग्जु स्थित टायल कम्पनीमा कार्यरत साटाखानी -४ सुर्खेतका उत्तम पंगालीको मेशिनको फितामा बेरिएर ज्यान गएको थियो |
गत अक्टोबर २९ मा पनि उमसङ देसो स्थित सङहोन प्राईत कम्पनीमा कार्यरत रुपन्देही मणिग्रामका ३९ बर्षीय नुभराज भुसालको काम गर्ने क्रममै मेशिनमा बेरिएर मृत्यु भएको थियो |
विभिन्न कारण २०१६ मा मात्र २० नेपालीको मृत्यु भएको थियो | अहिलेसम्म रोजगारीको लागि कोरिया आएर दुर्घटना , आत्महत्या , बिरामी हृदयघात र सुतेकै अवस्थामा मृत्यु हुने नेपालीको संख्या ११४ पुगेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस