काठमाडौं – कोरियाली भाषा परीक्षाको आवेदन खुला भएको दोस्रो दिन बिहीबार बेलुकासम्म २० हजारभन्दा बढीले आवेदन दिएका छन् भने २८ हजारभन्दा बढीले परीक्षा शुल्क बुझाएका छन् । पहिलो दिन १२ हजार र दोस्रो दिन १६ हजार आवेदकले परीक्षा शुल्क बुझाएका हुन् ।
आवेदन खुला गरिएको पहिलो दिन बुधबार परीक्षार्थीले उल्लेख गरेको कागजातको साइज र प्रयोग गरेको इन्टरनेटको क्षमताका कारण समस्या आएर कतिपयको फारम दर्ता गर्न सकिएको थिएन ।
ईपीएस शाखा कोरियाका निर्देशक बाबुराम खतिवडाले परीक्षा आवेदन भर्नेको संख्या दोस्रो दिन उल्लेख्य रूपमा बढेको बताए । “कतिपय आवेदकले फारम भर्दा प्रवेशपत्र प्राप्त गर्न उल्लेख गर्नुपर्ने इमेल ठेगाना गलत दिएका कारण आवेदन रुजु भए पनि प्रवेशपत्र नपाएको गुनासो आएको छ,” उनले कारोबारसँग भने, “इमेल ठेगानाका कारण प्रवेशपत्र प्राप्त नगरेका आवेदकलाई २० देखि २५ गतेसम्म कार्यालयमा सम्पर्क गरेर प्रवेशपत्रका लागि इमेल ठेगाना सच्याउने व्यवस्था मिलाइएको छ ।”
प्रवेशपत्र नपाएको गुनासो गर्ने अधिकांश आवेदकको प्रवेशपत्र स्पाम बक्समा मेल जाने गरेका कारण कार्यालयले स्पाम बक्समा समेत हेर्न अनुरोध गरेको छ । कार्यालयले आवेदन फारम भर्दा समस्या नहोस् भनेर सर्भरको क्षमता विस्तार गर्न प्राविधिकहरू तयारी अवस्थामा राखेको जनाएको छ । हाल प्रयोग भइरहेको सर्भरको क्षमता प्रतिसेकेन्ड १ लाख भिजिटरको क्षमता थेग्न सक्ने गरी विकास गरिएको बताइएको छ ।
यो वर्ष आवेदनका लागि काठमाडौं, पोखरा तथा धरानलगायतका सहरी क्षेत्रका ग्लोबल आईएमई बैंकमा आवेदकको भीड बढिरहेको थियो । सरकारले आवेदनको म्याद १० दिनसम्म राखे पनि दोस्रो दिनसम्म अनुमान गरेअनुसार नै फारम दर्ता भएको जनाएको छ । ईपीएस कोरिया शाखा नेपालले १० दिनको अवधिसम्म ८० हजारले आवेदन दिन सक्ने जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस