काठमाडौं : ईपीएस रोजगार प्रणालीमा करिब ६५ हजारको आवेदन परेको छ। ईपीएस कोरिया शाखाका अनुसार ११ बजेसम्म करिब ६५ हजार युवाले आवेदन भरेका हुन्। ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीका अनुसार ६४ हजार आठ सय ९८ जनाले फारम भरेका छन्।
कोरिया शाखाका अनुसार ४५ हजार एक सय ९८ जना उत्पादनमूलक क्षेत्रतर्फ र १९ हजार ६ सय ६२ जनाले कृषि क्षेत्रमा फारम भरेका छन्। फारम खुलेको सुरुकै दिन शुक्रबार ५८ हजारले फारम भरेका थिए। ईसेवाबाट सबभन्दा धेरै शुल्क बुझाएर फारम भरेका छन्।
कोरिया रोजगारीका लागि युवाले ईसेवा, आइएमई, ग्लोबल आईएमई बैंक, स्मार्ट बैंक, मोबाइल एप्सबाट समेत शुल्क बुझाएर अनलाइन फारम भर्न सक्छन् । विगतका वर्षहरुमा बैंकबाट शुल्क बुझाउनुपर्दा युवाले सास्ती पाएका थिए । तर भण्डारीका अनुसार यसपाली आफूलाई सजिलो हुनेगरी युवाहरुले विभिन्न तरिकाले शुल्क बुझाएर कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका छन्।
कोरियन भाषा परीक्षाका लागि चैत्र १७ गते राति १२ बजेसम्म आवेदन दिन सकिन्छ। परीक्षा जेठ २५ र २६ मा तय भएको छ। पोखरा र काठमाडौंबाट आवेदन दिन सकिने छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस