पोखरा-नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले २०७५ साल फागुन २६ गते शिलान्यास गरेका पोखरा फुटबल स्टेडियमको काम धमाधम भैरहेको छ ।
आगामी मंसिर १५ देखी २४ गतेसम्म नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको महिला फुटबलका लागि लक्षित गरि निर्माण कार्य तीब्र पारिएको हो ।
ग्रेट स्पोर्टस् ईन्फ्रा प्राईभेट लिमिटेड र एमए कन्ट्रक्सन प्राईभेट लिमिटेडले उक्त स्टेडियमको निर्माण गरिरहेको छ ।
आगामी कात्तिक १५ गतेसम्म सम्पन्न गर्ने सम्झौता रहेको उक्त स्टेडियम कुल १ अरब २८ करोड २२ लाख १८ हजार १ सय ७४ को लागतमा बन्नेछ ।
उक्त स्टेडियममा ६८ मिटर चौडाई र १ सय ५ मिटर लम्बाईको फुटबल मैदान, १६ हजार ५ सय दर्शक क्षमताको ग्राण्ड स्ट्याण्ड प्याराफिट, ८ लेनको एथ्लेटिक्स सेन्थेटिक ट्रयाक बन्नेछ ।
त्यस्तै आईएएफ मापडण्ड अनुसारको एथ्लेटिक्स सेन्थेटिक ट्रयाक र प्याराफिटमा भिभिआईपी, भिआईपी, मिडिया कक्ष हुनेछ भने त्यसको साईडमा प्रि–ईन्जिनियरिङ्ग बिल्डिङ, खेलाडीको चेन्जिङ रुम र मिडिया कन्फेरेन्स हल हुनेछ ।
सबै तस्बिर-सुशान्त गाहा मगर/पोखरा
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस