काठमाडौं-पत्रकारलाई लोप्पा ख्वाउने र नाकको हड्डी भाँच्ने धम्कीदिने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई स्थानीयले फूलमालाले स्वागत गरेका छन् । काठमाडौंबाट इटहरी पुगेका मेयर चौधरीलाई शुक्रबार विराटनगर विमानस्थलमा स्थानीयले फूलमालाले स्वागत गरेका हुन् ।
केही दिनअगाडि पत्रकारको नाकको डाँडी भाच्ने धम्की दिएपछि मेयर चौधरी आलाेचित भएका थिए । यही बेला स्थानीयले भने ‘भष्ट्राचारकाे विराेध गराैं, जताभावी कलम चलाउन पाइँदैन, भष्ट्र कर्मचारी चाहिँदैन’ भन्दै नाराबाजी गरेका हुन् ।
मेयर चौधरीले पत्रकार इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी नाकको हड्डी भाँच्न एक करोड छुट्याएको भन्दै धम्क्याएका थिए ।
फेसबुक पोस्टमा ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले, ‘तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याको छु । एउटा घडेरी छुट्याको छु । तेरो नाकको हड्डी भाँचे मात्रै मलाई सन्तोष हुन्छ’ भन्दै धम्काएका थिए । त्यसयता उनकाे चर्काे विराेध भइरहेकाे छ भने केहीले राम्राे कदम भन्दै सपाेर्ट पनि गरिरहेका छन् ।
मेयर चौधरीले आत्मालोचना गर्नुपर्ने नेकपा नेताहरूले बताएका छन् भने संसदमा पनि मेयर चाैधरीबारे प्रश्न उठेकाे थियाे । संसदमा करोडौं खर्च गरेर सिध्याउँछु भन्नु लोकतान्त्रिक विधिभित्र नपर्ने भन्दै यसले यो विधि नै समाप्त भएको इंगित गर्ने भएकाेले मेयर चाैधरीलाइ कारबाही हुनुपर्ने सांसदहरुकाे अाशय थियाे । पत्रकारलाई कुटपिट गर्ने धम्की दिनेलाई फौजदारी अपराध अन्तरगत तत्काल कानूनको दयाराम ल्याउन उनीहरुले माग गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस