पाँचथर-पाँचथरको मिक्जाजुङ गाउँपालिका ४ रवि वजार र सप्तमि वजारका अधिकांश पसलहरुमा म्याद गुज्रेका सामाग्रीहरु पाइएको छ ।
शनिवार रवि वजार स्थित लिला एग्रोभेट एण्ड साझा भेटनरीमा अनुगमन गर्ने सन्दर्भमा एक वर्ष अघि नै म्याद गुज्रेका विषादीहरु त प्रसस्तै भेटिए नै पसल दर्ता समेत नगरीएको पाइयो । दता र आवश्यक प्रकृया विना नै एग्रोभेट सेन्टरमा मल विउ विक्रि वितरण भइरहेका थिए भने विषादी संग पशुजन्य खाद्यपदार्थ समेत राखिएको थियो । पसलमा रहेकी उनकी श्रीमतिले न माक्स लगाएको थियो न त एप्रोन नै ।
पसलका संचालक दिपेश तामाङ दर्ता प्रकृयाका कागजातको खोजि गर्दा उद्योग वाणिज्य संघमा आवध्द भएको कागजात देखाउँदै थिए ।
यस्तै हालत थियो वजार क्षेत्रका अधिकांश पसलहरुको । मासु पसल समेत अव्यवस्थित थिए । कतिपयलाई दर्ता प्रकृया नै थाहा थिएन भने कतिले पहिले देखि नै यसरी नै गर्दैै ल्याएको कस्ले के गर्छ र भन्दै थिए । पेय तथा खाद्य पदार्थको म्याद नाघेको, मूल्यसूची नराखेको, व्यवसाय दर्ता प्रमाणपत्र नभएका थुप्रै समस्याहरु होटल व्यवसाय, किराना पसल एग्रो भेट सेन्टर मासु पसल लगायत पसलका समस्या थिए । अनुगमनका क्रममा सुर्तिजन्य पदार्थ र मदिराहरु अव्यवस्थीत र विना अनुमति संचालित रहेको पाईयो । भने प्रायजसो पसलमा पसलको वोर्ड पनि थिएन ।
जिल्ला प्रशासन कार्यालय पाँचथरको नेतृत्वमा जिल्ला स्थित सरोकारवालाहरु सहित स्थानिय वडा कार्यालयको संयुक्त अनुगमनको सन्दर्भमा त्यस्तो भेटीएको हो । अनुगमन टोलिले देखिएका समस्या चाँडो समाधान गर्न निर्देशन दिएको छ भने स्थानीय सरकार र प्रशासनलाई अनुगमनमा नियमितता दिन समेत अनुरोध गरेको छ ।
मुलुकको संघीय संरचना अनुसार बजार अनुगमनको काम अब स्थानीय तहले नै गर्ने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिका÷नगरपालिकाबाट गरिने बजार अनुगमनको निर्देशिकाले त्यस्तो व्यवस्था गरेको भएपनि अधिकांश स्थानिय तहमा त्यसको अभ्यास भएको नै पाइन्न । मिक्लाजुङ २ का वडाअध्यक्ष सन्तोष शेर्माले आफुहरुले यस अघि अनुगमन नै नगरेको वताए ।
उपभोक्ताको हित संरक्षणसम्बन्धी विषयमा आवश्यक नीतिगत व्यवस्था गर्न तथा बजार अनुगमन कार्यलाई मार्गदर्शन एवं समन्वय गर्न गाउँपालिका÷नगरपालिकाले उपभोक्ता हित संरक्षण समितिको गठन गर्ने निर्देशिकामा उल्लेख भएपनि कार्यान्वयन पक्ष भने सजिलो छैन ।
वस्तु वा सेवा प्रदायक व्यवसायको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, नापतौल, विज्ञापन लगायत व्यापारिक क्रियाकलापको नियमित एवं आकस्मिक अनुगमन गर्न गाउँपालिका÷नगरपालिकाले बजार अनुगमन टोली गठन गर्ने व्यवस्था निर्देशिकामा भएपनि कार्यान्वयन हुन सकेको छैन ।
शनिवारको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयको उपभोक्ता हित संरक्षण हेर्ने शाखा प्रमुख एवं सहायक प्रमुख जिल्ला अधिकारी दिननाथ लम्सालको नेतृत्वमा घरेलु तथा साना उद्योग विकास समिति कृषि ज्ञान केन्द्र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,स्थानीय गाउँपालिकाका प्रतिनिधिहरु स्थानीय प्रशासन, सुरक्षा निकाय ,उद्योगि व्यवसायी, संचारकर्मीहरु सहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस