पाँचथर- मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले पाँचथरका चार ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले विश्लेषण गरेको छ ।
फाल्गुनन्द गाउँपालिका, फिदिम नगरपालिकाको वडा नं. १ र हिलिहाङ गाउँपालिकाको वडा नं. ७ मा हुन लागेको उप निर्वाचनमा जम्मा ३१ मतदान केन्द्रमध्ये दुई स्थलका चार ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए ।
वस्तीले २३ ओटा मतदान केन्द्र सम्वेदनशील र चार ओटा सामान्य रहेको बताए । निर्वाचनलाई निश्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी वस्तीले बताए ।
सुरक्षा सम्वेदनशीलताका आधारमा निर्वाचन पूर्व, निर्वाचन र निर्वाचन पश्चातको सुरक्षा व्यवस्था मिलाउने तयारी पूरा गरिएको उनले बताए ।
पाँचथरमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष, फिदिम नगरपालिका–१ को वडाध्यक्ष र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष गरी तीन पदमा उपनिर्वाचन हुँदैछ ।
यसका लागि फाल्गुनन्द गाउँपालिकामा आठ जना, फिदिम नपा–१ का लागि सात र हिलिहाङ गाउँपालिका–७ का लागि ६ गरी जम्मा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
फाल्गुनन्द गाउँपालिकामा १६ हजार ५ सय ७७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी सरोज मेहेताले बताए ।
सो गाउँपालिकामा २३ मतदान केन्द्र रहेको मेहेताले जानकारी दिए । फिदिम नपा–१ मा ३ हजार ६ सय ७६ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । यस वडामा एक स्थलको तीन मतदान केन्द्र रहेका छन् ।
यसैगरी, हिलिहाङ गाउँपालिका–७ मा २ हजार ६ सय जना मतदाता रहेको निमित्त निर्वाचन अधिकारी मेहेताले बताए । यस वडामा तीन स्थलमा चार ओटा मतदान केन्द्र रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस