हेटौंडा- भदौ मसान्तसम्म मकवानपुरका एक हजारमा जनामा डेंगु संक्रमण देखिएको छ। गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा हरि खड्कामा पहिलोपटक देखिएको डेङ्गु रोग तीब्र रुपमा फैलिएको हो।
बिरामीमध्ये आधा अर्थात् ५०० जना हेटौँडा उपमहानगरपालिकाको एउटै वडा नं ४ का छन्।
उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार साउन मसान्ततिर लगभग नियन्त्रणउन्मुख भएको डेङ्गु भदौको प्रारम्भसँगै परेको झरीका कारण डेङ्गु सार्ने लामखुट्टेको प्रजनन वातावरण अनुकूल भइदिनाले एकाएक माहामारीको रूप लिन पुग्यो।
उनका अनुसार हेटौँडा–४ मा दैनिक पाँचका दरले डेङ्गु सङ्क्रमण बढिरहेकामा भदौ लागेपछि त्यो दर बढेर दैनिक १५ पुगेको छ।
हाल भइरहेको वर्षाले पनि डेङ्गुलाई बढाउन मद्दत पुग्ने भएकाले सर्वसाधारणलाई सचेत हुन आग्रह गरिएको छ। डेङ्गु नियन्त्रणमा प्रदेश सरकार, उपमहानगरपालिका र जिल्ला समन्वय समितिसमेत लागिपरेका छन्।
चितवन तथा मकवानपुरलगायत प्रदेशका विभिन्न जिल्लामा फैलिएको डेङ्गु नियन्त्रणमा प्रदेश सरकार लागिरहेको प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको भनाइ छ। डेङ्गु नियन्त्रण गर्न औषधि छर्किनेबाहेक हरेक उपाय अपनाइएको उनले बताए।
मन्त्री दुलालले औषधि छर्किँदा आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने तथा लामखुट्टे नियन्त्रणमा खासै प्रभावकारी नहुने जानकारहरुको सल्लाहअनुसार औषधि नछर्किएको बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस