पोखरा-सडक डिभिजन कार्यालय पोखराका प्रमुख नौ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टिमले बिहीबार साँझ साढे ७ बजे इन्जिनियर हरि पोखरेललाई पक्राउ गरेको हो ।
सडक डिभिजन कार्यालय पोखरा अन्तर्गतको सडक निर्माणको काम मिलाइदिने भनी घुस लिने सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र घुस दिने ठेकेदार ऋषि गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले घुस रकम नौ लाख सहित नियन्त्रणमा लिएको हो ।
अख्तियारले घुसको प्रवन्ध सेटिङ मिलाउने सडक डिभिजनकै इन्जिनियर पवित्रमणी आचार्यलाई समेत नियन्त्रणमा लिएको छ । अख्तियारले बिहीबार सांझ आर्चायको निवासबाट ९ लाख सहित पक्राउ गरिएको हो ।
सडक डिभिजन कार्यालय पोखरा अन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी जिएमआर निर्माण सेवाका ठेकेदार ऋषि गौतमले बिहीबार साँझ डिइ पाख्रेलको निवासमा पुगी घुस रकम नौलाख दिएर त्यहाँबाट फरार भएको प्रहरी स्रोतले बताएको छ ।
घुस रकम दिइ भागेका ठेकेदार गौतमलाई प्रहरीले उनकै निर्माण कम्पनी पोखरा ५ मालेपाटनबाट नियन्त्रणमा लिइ अहिले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरामा ल्याई अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । दुईवटा झोलामा एक हजारको ४ लाख र ५ सयको ५ लाख गरि ९ लाख रुपैया रहेको प्रहरीले जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस