पोखरा-नेपाली राष्ट्रिय फुटसल टोलीको प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले आइतबार विष्णुलाई फुटस टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो ।
यस्तै गौरव बस्नेत सहायक प्रशिक्षक नियुक्त भएका छन् । उनीहरुले ५ भदौबाट शुरु हुने बन्द प्रशिक्षणबाट प्रशिक्षण शुरुवात गर्नेछ । फुटसल कमिटिले शनिबार ३० सदस्यीय खेलाडी छनोट गरिएको बताएपनि आइतबार खेलाडी थप गर्दै ३७ सदस्यीय प्रारम्भक टोली घोषणा गरेको छ ।
भाटभटेनी हेल्थ क्लब चुच्चेपाटीमा २७ साउनबाट ३१ साउनसम्म भएको ओपन ट्रायलबाट फुटसलमा लेभल वान कोचिङ गरेका ११ प्रशिक्षकले प्रारम्भिक खेलाडी छनोट गरेको हो ।
फुटसल कमिटिका संयोजक तथा एन्फाका केन्द्रिय सदस्य दावा लामाले दक्षिण एसियाली खेलकुद सागका लागि प्रशिक्षणमा रहेको यु–२३ राष्ट्रिय टोलीका ५ खेलाडीलाई प्रारम्भिक चरणमा राखिएको बताए ।
छनोट भएका खेलाडीहरुको ५ भदौबाट बन्द प्रशिक्षण शुरु हुने संयोजक लामाले बताए । बन्द प्रशिक्षण दौरान नै खेलाडीहरुको फिजिकिल फिटनेससँगै स्किल टेस्ट हुने छ । २० भदौसम्ममा १४ सदस्यीय टोलीको अन्तिम छनोट गरिनेछ ।
त्यसरी तयार हुने टोलीले अर्काे वर्ष इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट खेल खेल्नेछ । छनोट खेल ताजिकिस्तानमा अक्टोवरमा हुनेछ । सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटमा नेपाल ताजिकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेको समूह ‘ए’ मा रहेको छ ।
नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग अक्टोवर २३ मा खेल्नेछ । २४ अक्टोवरमा उज्वेकिस्तान र २५ अक्टोवरमा समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ ।
राउन्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले फाइनल चरणमा प्रवेश पाउनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस