पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहमा कानुन निर्माण हुदा पर्याप्त ध्यान नपुगेको बताएका छन ।
स्थानीय निकायका पदाधिकारी र कर्मचारीका लागि कानुन निर्माण सम्वन्धी पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो अभिब्यक्ति दिएका हुन ।
स्थानीय निकाय समेत संघ र प्रदेश जस्तै सरकारको रुप भएकोले विधि र प्रक्रियागत रुपमा कानुनहरु बन्नुपर्ने टिप्पणी गने । मुख्यमन्त्री गुरुङ अबको दिनमा कानुन बनाउदा यसको प्रक्रियामा ख्याल पु¥याउन आग्रह समेत गरे ।
‘स्थानीय तहमा सम्बन्धित क्षेत्रका समिति बनाएर त्यसलाई विधेयकको रुपमा कार्यपालिकाबाट पारित गराएर गाउँ या नगरसभामा लानुप¥यो, त्यहाँ लामो छलफलबाट पारित गराउनुप¥यो’ उनले भने, ‘तपाईहरुको मन्त्रीपरिषद भनेको कार्यपालिका हो भने संसद भनेको गाउ या नगरसभा हो ।’ उनले संसदीय शासन प्रणालीको विधि प्रक्रिया नै यही भएकोले यसले सवैलाई ध्यान पु-याउन आग्रह पनि गरे ।
उनले यसरी कानुन निर्माण गर्दा संघ र प्रदेशको कानुनलाई ख्याल गर्नुपर्ने समेत बताए । ‘तपाइले बनाएका कानुन संघ र प्रदेशको कानुनसंग बाझिए भने स्वत खारेज हुन्छ’ उनले भने, ‘त्यसैले प्रदेश र संघसंग बाझिने गरि कानुन बनाउन भएन ।’ संघीय शासन प्रणालीका कारण स्थानीय तह र प्रदेशले पाएको अधिकार सही सदुपयोग गरेर यो प्रणालीको औचित्य पुष्टि गर्ने जिम्मेवारी समेत जनप्रतिििनधिसंग रहेको उनले बताए । उनले एकिकृत विकासको अवधारणा आधारमा अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताउदै तिनै तहका सरकारको लक्ष्य र उदेश्यबिच तादम्यता हुनुपर्ने समेत बताए ।
प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी र कर्मचारीका लागि गरिएको तालिम ४ दिनसम्म चल्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस