पोखरा – पोखराका तीन जनासहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा कास्कीमा तीन जना स्याङ्जाका सात जाना, म्याग्दीका एक र बाग्लुङका १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ६११ पुगेको छ । गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको कुल ७८२ नमुना परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २४ जना सङ्क्रमित थपिएको निर्देशनालयले जनाएको छ ।
सङ्क्रमितमध्ये बाग्लुङका सङ्क्रमितहरू महोत्तरी जिल्लाबाट आएका हुन् भने अन्य जिल्लाका व्यक्तिहरूमध्ये पोखरा महानगरपालिका १७ र बेनी-४ का भारतबाट र बाँकी व्यक्तिहरू सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका हुन् ।
निर्देशनालयका अनुसार २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरामा कुल ७८२ नमुना परीक्षण भएको छ । जसमा गोरखा ५०, तनहुँ ५१, लमजुङ ६८, स्याङजा १८३, बाग्लुङ ६१, म्याग्दी ५५ र कास्की ३१४ नमुना परीक्षण भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत २४ घन्टामा जम्मा २८ नमुना परीक्षण भएको छ, जसमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या एक हजार ४४३ पुगेको छ । गत २४ घन्टामै स्याङ्जाबाट ३०, म्याग्दीबाट ६, नवलपरासी बाट २० र लमजुङबाट चार जना गरी कुल ६० जना व्यक्तिहरू निको भई डिस्चार्ज भइसकेका छन् । हालसम्म गण्डकीमा एक हजार ४४३ जना डिस्चार्ज भएका छन् भने चार जनाको मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस