लमजुङ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पालिकास्तम्भ उद्यान उद्घाटन गरेका छन् । मध्यनेपाल नगरपालिकाको आर्थिक सहयोगमा बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरमा उद्यान बनेको हो ।
नवर्निर्मित उद्यान उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले स्थानीय तह एकदमै नजीकको सरकार भएकाले शासन सत्तामा प्रत्यक्ष निगरानी गर्न जनतालाई आग्रह गरेका छन्।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले लमजुङ जिल्लाका चारचार नगरपालिका र गाउँपालिकाका साथै जिल्लाको नक्शासहितको उक्त उद्यानको अध्ययनअवलोकनबाट जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा सम्पूर्ण जिल्लावासीलगायत सबै नागरिकका लागि सूचना प्रदान गर्ने उद्देश्यले उद्यान निर्माण गरिएको बताए ।
उनका अनुसार उद्यानमा ७७ वटै जिल्लाको स्पष्ट नामसहितको आधुनिक नेपाल र गण्डकी प्रदेशका नक्शा, राष्ट्रिय गान र नेपालको झण्डासहितको पृष्ठभूमि छ । पार्क मध्यनेपाल नगरपालिकाको रु सात लाख लगानीमा निर्माण गरिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस