पोखरा-आफु अपहरणमा परेको नाटक गर्ने पोखरा महानगरपालिका-११ फुलबारीका ४२ बर्षिय नारायण प्रसाद पौडेललाई कास्की प्रहरीले पक्राउ गरेको छ।
आफुलाई कसैले अपहरण गरेको भन्दै प्रहरीलाई जानकारी दिएका पौडेललाई नै कास्की प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरिएको कास्की प्रहरीका प्रबक्ता एबम् प्रहरी नायब उपरिक्षक राज कुमार केसीले बताए।
डिएसपी केसीका अनुसार गत ४ गते दिउसो आफु अपहरणमा परेको भनि पौडेलले स्वयम आफै (कास्की प्रहरीका प्रबक्ता) लाई नै जानकारी गरेका थिए।
‘म अपहरणमा परे भन्दै उसैले मलाई नै फोन गरेको थियो, उनले भने, ‘पछि रुपन्देही पुगेछ त्यहाँको प्रहरीलाई पनि खबर गरेछ। म कहाँ आउ भन्दा आफै आउछु भनेर यहाँ आईपुग्यो र उसलाई नियन्त्रणमा लियौ।’
डिएसपी केसीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताउदै उसको कसैसँग लेनदेनको केस रहेकोले तिर्न नपर्ने बाहनामा सो कर्तुत गरेको खुल्न आएको बताए। केसीका अनुसार पौडेललाई सार्बजनिक हित बिपरितको मुद्धा दर्ता गरी कारबाहीको प्रक्रिया अगााडी बढाईएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस