काठमाडौँ : नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट दिएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका छन्। सोमबार दिउँसो महरले देउवासमक्ष राजीनामा पत्र बुझाएका थिए। महरले आफ्नो कार्यकालमा गरेको कामको प्रशंसा गर्दै देउवाले धन्यवादसमेत दिएका छन्।
११ औं महाधिवेशनबाट महर नेविसंघ सभापतिमा विजयी भएका थिए। उनी सभापति देउवा पक्षका हुन्। नेविसंघको दुई वर्षे कार्यकाल सकिएको अवस्थामा पनि १२ औं महाधिवेशन गर्न नसकेपछि पदमा बसिराख्नु उचित नहुने भन्दै महरले राजीनामा दिएका हुन्।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेविसंघबारे अब के गर्ने भन्ने एजेन्डामा छलफल नभए पनि महरको राजीनामा स्वीकृत गरिएको जानकारी भने दिइएको थियो। कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार फेरि बस्ने गरी स्थगित गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस