बिराटनगर : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र मधेस गठबन्धनका सिके राउत र उनीसँग सरकारले गरेको सहमतिबारे तत्कालै टिप्पणी गर्नु हतारो हुने बताएका छन् ।
विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले सिके राउतबारे अहिले नै हतारो गर्नु कुनै जरुरी नभएको स्पष्टिकरण दिए ।
‘सिके राउतले पहिला लिएका नीतिहरुबारेमा थाहा भएकै हो । उनीबारे कुनै हतार गर्नु जरुरी छैन’, दाहालले भने, ‘संविधानको पक्षमा पहल बढाउन सरकारले समझदारी गरेको हो । सरकारले गरेको समझदारीमा मेरो पूर्ण सहमति छ ।’
अध्यक्ष दाहालले पार्टीका नेता भीम रावलसहितले सरकार र सिके राउतबारे भएको सहमतिबारे गरेको विरोधप्रति टिप्पणी गर्दै अहिले बाहिर नबोल्दा उचित हुने बताए ।
‘सिके राउतबारे पार्टीका साथीहरुले बाहिर नबोल्दा राम्रो हुन्छ’, उनले भने, ‘सरकारले गलत मनासयले सहमति गरेको होइन ।’
अर्को प्रसंगमा अध्यक्ष दाहालले मन्त्रिमण्डल पुनर्गठनबारे आज पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको बताए । ‘अहिले पनि म यहीबारे प्रधानमन्त्रीसँग छलफल गरेको आएको हुँ’, दाहालले भने, ‘तर हेरफेर गर्न अहिले हतारो छैन भने मैले, तपाईँले नै हेरफेरको मूल्याङ्कन गर्नुस् भनेको छु ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस