काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबारको प्राकृतिक विपत्तिको घटनाबाट ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको भन्दै राष्ट्रिय शोक घोषणा गर्न माग गरेको छ । सभापति शेरबहादुर देउवाले हावाहुरीका कारण बारा र पर्सामा आएको विपत्तिको स्थलगत निरीक्षण गर्दै सरकारसँग राष्ट्रिय शोकको घोषणा गर्न माग गरेका हुन् ।
‘हावाहुरीका कारण ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको छ, म सरकारसँग राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गर्छु,’ कांग्रेस सभापति देउवाले घटनाको स्थलगत निरीक्षणपछि भने ।
देउवा मंगलबार बिहानै बारा र पर्साका विभिन्न स्थानमा स्थलगत निरीक्षणका लागि पुगेका थिए । उनले सो क्रममा घाइते भई कलैया र वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत घाइतेलाई समेत भेटेका छन् । उनले आफ्नो फेसबुक पेजबाट समेत राष्ट्रिय शोकको घेषणा गर्न सरकारसँग आग्रह गरेका हुन् ।
‘हावाहुरीले बारा र पर्सामा निकै ठूलो मानवीय र भौतिक क्षति पु¥याएको छ । २७ जनाले ज्यान गुमाएको र ४ सयभन्दा बढी घाइते भएको प्राकृतिक विपत्तिले यो क्षेत्रको अवस्था निकै कठिन बनाएको छ, ‘म सरकारलाई यति ठूलो विपत्तिलाई राष्ट्रिय शोकका रूपमा लिन आग्रह गर्दछु ।’
देउवाले केही घाइतेको अवस्था जटिल रहेको भन्दै केन्द्रबाटै आवश्यक चिकित्स पु¥याउनुपर्ने आवश्यकता रहेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
हावाहुरीका कारण घाइते भएका नागरिकको उपचारमा अझै चुस्तता आवश्यक रहेको भन्दै उनले उपचारका लागि केन्द्रबाट सरकारले चिकित्सक र स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाउनुपर्ने देखिएको बताएका हुन् । उनले राहत र उद्धारमा समेत विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।
घटनाको स्थलगत निरीक्षणका लागि सभापति देउवासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू फरमुल्लाह मन्सुर, अजय चौरसियासहितका नेता बारा र पर्साका विभिन्न स्थानमा पुगेका थिए । कांग्रेसले उपसभापति विमलेन्द्र निधिलाई भने उद्धार तथा राहतका लागि भन्दै जिम्मेवारी दिएर सोमबारबाटै खटाइसकेको छ ।
कांग्रेसले २५ लाख दिने
नेपाली कांग्रेसले आइतबार भएको प्राकृतिक विपत्तिको घटनाबाट पीडित भएकाहरूको सहयोगका लागि २५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो बाराको हावाहुरी प्रभावित क्षेत्र फेटा गाउँपालिका पुगेर पीडितहरूका लागि पार्टीका तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहायताको घोषणा गरेका हुन् ।
उनले मंगलबार बिहान वीरगन्जको नारायणी अस्पताल पुगेर सरकारलाई घाइतेहरूको उपचारका लागि थप प्रबन्ध मिलाउन पनि आग्रह गरेका थिए ।
कांग्रेसका तर्फबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले भने सोमबार नै दुई दिनको तलब सहयोग गर्ने निर्णय गरिसकेका छन् । यस्तै प्रदेश २ कांग्रेस संसदीय दलले समेत सोमबार नै बाराका प्रमुख जिल्ला अधिकारीमार्फत १० लाख रुपैयाँ सहयोगबापत हस्तान्तरण गरिसकेको छ । सो रकममध्ये कांग्रेस संसदीय दलका नेता रामसरोज यादव र केन्द्रीय उपसभापति विमलेन्द्र निधिले २/२ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस