काठमाडौँ : पार्टी एकता घोषणा भएको एकबर्ष पुग्नै लाग्दा नेकपाले पोलिटब्युरो गठन गर्ने भएको छ। केन्द्रीय समितिको एकतिहाई हुने गरि १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन हुन लागेको हो।
यसअघि नै साविकको एमाले र माओवादीले पोलिटब्युरोको भागवण्डा टुङ्ग्याइसकेका छन्। भागवण्डा अनुसार, साविकको एमालेबाट ८१ जना र माओवादीबाट ६६ जना पोलिटब्युरोमा चयन हुनेछन्।
तत्कालिन एमालेमा ६५ सदस्यीय पोलिटब्युरो थियो। त्यसमा थप १६ जना पोलिटब्युरो साविक एमालेले पाउने छ। तत्कालिन माओवादीले भने आफ्ना सदस्य घटाउनुपर्ने छ। ९९ सदस्यीय सचिवालय सदस्यमध्ये ६६ जनालेमात्र नेकपामा पोलिटब्युरो हुनपाउने छन्। पूर्वमाओवादीबाट बरिष्ठताका आधारमा पोलिटब्युरो सदस्यका चयन गरिने छ।
साविकको एमालेले पोलिटब्युरो चयनका लागि मापादण्ड बनाएको नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बताए।
‘विगतमा पोलिटब्युरोमा रहेका सबै पर्ने नै भए’, पाण्डेले भने, ‘थप गर्दा विगतमा पोलिटब्युरोमा रहिसकेको र अहिले केन्द्रीय समितिमा रहेकाले प्राथमिकता पाउँछन्।’
त्यसबाहेक चौंथो महाधिवेशनमा वा पाँचौ/छैठौंमा पोलिटब्युरो सदस्य भएका र अहिले केन्द्रीय समितिमा रहेको व्यक्तिले प्राथमिकता पाउने पाण्डेले बताए।
‘कोही विगतमा पटक पटक केन्द्रीय समितिमा रहेका र बीचमा नभएका रहेछन् भनेपनि उसले प्राथमिकता पाउने मापदण्ड बनेको छ,’ पाण्डेले भने, ‘एक पटकको केन्द्रीय समिति कार्यकाल पूरा भएको र अहिले केन्द्रीय समितिमा रहेको व्यक्ति चयन गर्ने तयारी छ।’
उनले त्यसबाहेक कम्तिमा दुईपटक केन्द्रीय समितिमा रहेका महिला, दलित, जनजातिलाई पोलिटब्युरोमा ल्याउने तयारी भैरहेको बताए।
पोलिटब्युरो चयनका लागि स्पष्ट मापदण्ड तयार भएकाले साविकको एमालेको ओली पक्ष र माधव नेपाल पक्ष भनेर पोलिटब्युरो गठनमा भागवण्डाको प्रश्न नउठ्ने पाण्डेले बताए।
‘फेरी आज कोही कुन पक्षमा रहेछ भने सँधै त्यही ठाउँमा रहन्छ भन्ने हुदैंन’, नेता पाण्डेले भने, ‘पक्ष त बदलिन सक्छ।’
अमेरिका भ्रमणमा रहेका बरिष्ठ नेता माधव नेपाल फर्किए लगत्तै पोलिटब्युरो घोषणा गर्ने तयारी नेकपाको छ।
आउँदो जेठ ३ गते तत्कालिन एमाले र माओवादी एकीकृत भएको एक बर्ष पुग्दैछ। नेकपाले एकताको एघार महिना पछि जिल्ला कमिटीको नेतृत्व टुङ्ग्याएको थियो।
अझैपनि पार्टीका जनवर्गीय संगठनको एकता हुन। सेतोपाटि
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस