काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आइतबार दिउँसो बस्दै छ। दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठकले एकताका बाँकी काम टुंगो लगाउने बताइएको छ।
एकताका बाँकी काम टुंगो लगाउनका लागि बैठक बस्न लागेको नेकपाका एक नेताले बताए। बैठकले केन्द्रीय विभाग, सल्लाहकार परिषद, जिल्ला इन्चार्ज लगायतको जिम्मेवारी टुंगो लगाउने छ।
जिल्ला इन्चार्जको लगभग टुंगो लागिसकेको हुँदा बैठकमा केन्द्रीय विभागका विषयमा नै मुख्य छलफल हुनेछ।
नेकपाका ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेको भागमा १८ र पूर्वमाओवादीका भागमा १४ विभाग परेका छन्। पूर्व एमालेले विदेश विभागमा माधवकुमार नेपाल र संगठन विभागमा वामदेव गोतको नाम टुंग्याइसको छ।
पूर्व माओवादी समूह पनि आइतबार सचिवालय बैठक अगाडि विभागमा पठाउने व्यक्तिका नामबारे छलफल गर्न अध्यक्ष प्रचण्ड निवासमा छलफलमा भएको थियो।
पूर्व माओवादी समूहबाट सचिवालयमा रहेका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलबीच छलफल भएको बताइएको छ। शीर्ष तीन नेताबीचको छलफलपछि विभागमा पठाउने नेताहरुको नाम टुंगो लाग्ने बताइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस