काठमाडाैं-सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपाका दुई अध्यक्षबीचको खिचातानीले प्रतिनिधिसभा बन्धक बनेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकल दाहालले नयाँ सभामुखका लागि उम्मेदवार चयन गर्न नसक्दा संसद् बैठक सरिरहेको छ ।
थुप्रै कामको चाङ रहेका बेला पटक–पटक सूचना टाँसी बैठक स्थगित गरेर सत्तारुढ दलले संसद्को महत्त्व र गरिमामाथि प्रहार गरेको टिप्पणीसमेत हुन थालेका छन् । नयाँ सभामुखबारे सहमति जुटाउन दुई अध्यक्षले मङ्गलबार छलफल गरे पनि टुङ्गोमा पुग्न नसकेपछि उनीहरुले बैठक स्थगित गर्न संसद् सचिवालयलाई खबर पठाएका थिए ।
त्यसपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बुधबार बोलाइएको बैठक ११ दिनपछि अर्थात् पुस २७ गतेका लागि डाकेकी छन् । यसअघि गत ११ गतेका लागि डाकिएको बैठक नेकपाकै आग्रहमा बुधबारसम्म सारिएको थियो ।
पूर्व एमालेका नेताहरुको साथ पाएपछि अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीसँग पूर्वमाओवादीबाटै सभामुख पाउनुपर्ने अडान राखेका छन् । पूर्व एमालेका वरिष्ठ नेताहरुले पनि पूर्वमाओवादीले नै सभामुख पाउनुपर्ने दाहालको अडानमा साथ दिएको स्रोतले बतायो ।
सभामुखका विषयमा मङ्गलबार दुई अध्यक्षबीच् भएको भेटमा दाहालले सभामुख पद पूर्वमाओवादीलाई नै दिनुपर्ने अडान राखेको स्रोतले बतायो । प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन प्रयास गरेका थिए । तर दाहालले इन्कार गरेको स्रोतले बतायो । ‘राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष जस्ता महत्त्वपूर्ण सबै पद पूर्वएमालेले लिएका बेला सभामुख पनि पूर्वएमालेलाई दिँदा आत्मसमर्पण गरेको जस्तो हुन्छ,’ पूर्वमाओवादी सम्बद्ध नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘पूर्व एमालेका वरिष्ठ नेता पनि यस विषयमा कन्भिन्स हुनुहुन्छ । अध्यक्ष दाहाल सभामुख पद छोड्ने पक्षमा हुनुहुन्न ।’ सरकारमा समेत पूर्वमाओवादीको तेस्रो स्थानमात्र रहेको ती सदस्यले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस