काठमाडाैं-नेपाली कांग्रेसका शीर्ष नेतामा देखिएको बिबाद चर्कदै जाँदा एकले अर्कोलाई बोलाएको बैठकमा समेत उपस्थित नहुने स्थिति आएको छ ।
पार्टी नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइराला लगायतका असन्तुष्ट नेताहरुको अनुपस्थितिमा पार्टी संस्थापन पक्षका नेताहरुले ११ पुसमा बोलाएको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको विधान समेत शंसोधन गरेपछि विवाद बढेको हो ।
पार्टी संस्थापन पक्षले आफूहरुलाई वाहिर राखेरै विधान संशोधनसहित १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको भन्दै असन्तुष्ट बनेका नेताहरुले ११ पुसको निर्णय नसच्चिएसम्म बैठकमा अनुपस्थित हुने बताएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले बुधबार साँझ पाँच बजे निजी निवास बुढानिलकण्ठमा बोलाएको पदाधिकारी बैठकमा समेत असन्तुष्ट नेताहरु नगएका हुन्।
‘सभापतिले बुढानिलकण्ठमा बोलाउनु थियाे, तर हामी ११ पुसको निर्णय नसच्याएसम्म जाँदैनौं’, असन्तुष्ट नेता रामचन्द्र पौडेलले भने । पौडेलसँगै बुढानिलकण्ठ बोलाइएका महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला समेत बैठकमा गएनन् ।
बहुमतको आधारमा पार्टी माहाधिवेशनको मिति तोक्ने निर्णयप्रति असहमति जनाउँदै ४ बुँदे सुझाव दिन सभापति देउवालाई भेट्न मंगलबार बुढानिलकण्ठ गएका थिए । लिखित सुझाव देउवालाई दिन बुढानिलकण्ठ पुगेका सिटौला पनि आजकाे बैठकमा गएनन्।
नेपाली कांग्रेसले बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईरहँदा सभापति देउवाले बोलाएको पदाधिकारी बैठकमा बरिष्ठ नेता र केही पदाधिकारी नै अनुपस्थित हुने घटनाले सकारात्मक सन्देश नजाने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले टिप्पणी गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस